search

कृष्णसेन स्मृति दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ जेठ/ प्रेस सेन्टर नेपाल पर्साले शनिवार पत्रकार स्व कृष्णसेन स्मृति दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ।
पत्रकार स्व सेनको २२औं स्मृति दिवसको अवसरमा प्रेस सेन्टर पर्साले केन्द्रीय सदस्य तथा बारा इन्चार्ज कृष्णउदास खनाललाई २१ हजार राशिको कृष्णसेन स्मृति सम्मान पुरस्कार र सेन्टर पर्साका सदस्य राम मण्डललाई २१ हजार राशिकै प्रेस सेन्टर नेपाल, पर्सा क्रियाशील पत्रकारिता पुरस्कार प्रदान गरेको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल र नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहानले दुईजना पत्रकारलाई प्रमाणपत्र तथा पुरस्कार राशि बराबरको चेक हस्तान्तरण गरेका थिए।
प्रेस सेन्टर नेपाल, पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिल अग्रवाल, नेपाल बार एशोसिएशन पर्साका कमलमोहन पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष युवराज खड्का, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज नीरज पिठाकोटे मगरलगायतको सहभागिता थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads