search

युवा स्पोट्र्स क्लब र युनिटी युवा क्लबबीचको खेल बराबरी

पढ्न छुटाउनुभयो ?

वीरगंज, १२ जेठ/ वीरगंजमा शनिवारदेखि जिल्ला लिग फूटबल प्रतियोगिता शुरू भएको छ। पर्सा जिल्ला फूटबल सङ्घको आयोजनामा जिल्लामा रहेका क्लबहरूको सहभागितामा उक्त प्रतियोगिता शुरू भएको हो। आदर्शनगर खेलमैदानमा भएको उद्घाटन खेलमा युवा स्पोट्र्स क्लब र युनिटी युवा क्लबबीचको खेल बराबरी भएको थियो। खेलको निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेले। यस खेलको ‘म्यान अफ दी म्याच’ युवा स्पोट्र्स क्लबका गोलकीपर सावन कुमार भए।
अगामी जेठ २६ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका १३ वटा क्लब सहभागी रहेका आयोजक क्लबका महासचिव विनोद परियारले जानकारी दिए। भोलिको खेल सगरमाथा युवा क्लब र शक्ति युवा क्लबबीच हुने महासचिव परियारले बताए। प्रतियोगिताको उद्घाटन अखिल नेपाल फूटबल सङ्घका केन्द्रीय महासचिव किरण राईले गरेका थिए। कार्यक्रममा उनले अब सङ्घको राजनीतिलाई एउटा डालोमा राखेर खेलकूद प्रतियोगिता निरन्तर अगाडि बढाउनुपर्ने बताए। यस्तै, अखिल नेपाल फूटबल सङ्घ मधेस प्रदेशका अध्यक्ष नेपाल कार्कीले पनि केही समयदेखि रोकिएका सबै प्रतियोगिता अब शुरू हुने बताए।
पर्सा जिल्ला फूटबल सङ्घ, पर्साका अध्यक्ष रोशन कलवारको अध्यक्षता भएको उद्घाटन कार्यक्रममा अखिल नेपाल फूटबल सङ्घ मधेस प्रदेशका महासचिव दीपक साह, भेट्रान सिटी क्लब वीरगंजका अध्यक्ष सबिन बस्नेत, वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठलगायतको सहभागिता थियो।
कार्यक्रमको सहजीकरण महासचिव परियारले गरेका थिए भने स्वागत मन्तव्य कोषाध्यक्ष पङ्कज श्रेष्ठले दिएका थिए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads