search

spot_img
spot_img

काँग्रेसले सुरु गर्‍यो सडक आन्दोलन

पढ्न छुटाउनुभयो ?




काठमाडौँ । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानविन गर्न संसदीय समिति गठनको माग गर्दै सदनमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आजदेखी सडक आन्दोलन सुरु गरेको छ ।
पहिलो चरणमा काठमाडौँ उपत्यकाका सबै निर्वाचन क्षेत्रबाट सहभागिता भई भृकुटीमण्डपमा सभाको आयोजना गरिएको हो ।

विरोध सभालाई सम्बोधन गर्नुहुँदै नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीबिना अहिलेको सरकार अल्पमतमा पर्ने भएकाले सरकार टिकाउनकै लागि उपप्रधानमन्त्री लामिछाने माथि छानविन गर्न सत्ता गठबन्धन तयार हुन नसकेको बताउनुभयो ।

यस्तै महामन्त्री शर्माले सहकारीसँग नेकपा एमालेका धेरै नेता कार्यकर्ता पनि जोडिएकाले पनि विशेष गरी नेकपा एमाले त्यसमा तयार नभएको बताउनुभयो ।

नेपाली काँग्रेसले सहकारी बचतकर्ताको रकम फिर्ता दिनुपर्ने र सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति हुनुपर्ने लगायतका माग राख्दै उपत्यका केन्द्रित सडक आन्दोलन सुरु गरेको नेपाली काँग्रेस ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

काँग्रेसले विभिन्न सहकारीबाट पाँच खर्ब रुपैयाँ बढी अपचलन भएको र ठूलो रकम अपचलनको छानबिनमा सरकार गम्भीर नदेखिएको आरोप लगाउँदै दबाब बढाउनका लागि आन्दोलनमा जानुपरेको जनाएको छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलवायु मैत्री कृषि प्रविधिहरु बारे एक दिने तालिम

वीरगंज, १५ असार । कृषि औजार अनुसन्धान केन्द्र रानीघाट वीरगंजको आयोजनामा एक दिने तालिम सम्पन्न भएको छ । १२ औं...

सम्बन्धित खबर

- Advertisement -neelambads