search

रारा गोल्डकप : सिराहाको सलहेश युथ क्लब सेमिफाइनलमा

पढ्न छुटाउनुभयो ?

 

धनकुटा । सिराहाको सल्हेश युथ क्लब धनकुटाको राजारानीमा जारी ११ औँ संस्करण रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

चौबिसे गाउँपालिका–६ स्थित पुण्य मावि राजारानीको खेलमैदानमा भएको खेलमा सुनसरीको गोल्डेन स्टारलाई १ का विरुद्ध २ गोल अन्तरले पराजित गर्दै सल्हेश सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको आठौँ मिनेटमा सल्हेश युथ क्लबका अर्मन विजामले गोल गरी टिमलाई अग्रता दिलाउनुभएको थियो । त्यस्तै खेलको ३० औँ मिनेटमा सुनसरीका कृपा चौधरीले गोल गरी खेल बराबरी भएको थियो । खेलको दोस्रो हाफको इन्जुरी समयमा सल्हेशका आदित्य शाक्यले गोल गरी आफ्नो टिमलाई विजयी गराउन सफल हुनुभयो ।

खेलको म्यान अफ द म्याच सल्हेश युथ क्लबका जय गुरुङ घोषित हुनुभयो । उहाँले नगद रु ७ हजार मेडल र प्रमाणपत्र पाउनुभयो ।

प्रतियोगिता सेमिफाइनलको पहिलो खेल सोमबार डाँगिहाट युथ क्लब मोरङ र आयोजक रारा फुटबल क्लबबिच तथा दोस्रो खेल मङ्गलवार बिर्तामोड युनाइटेड क्लब र सलहेश युथ क्लब सिराहाबिच हुनेछ । बुधबार फाइनल खेल हुने छ ।

प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ । सबैभन्दा बढी गोलकर्ता, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेछन् ।

 

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads