search

spot_img
spot_img

आइसिसी टी–२० विश्वकप: अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

पढ्न छुटाउनुभयो ?




अमेरिका । आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ । 

त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता  रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त   गर्नुभएको थियो ।

टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ । अमेरिकाले पहिलोपटक आइसिसी प्रतियोगिता आयोजना गरेको हो ।  आजको पहिलो खेलमा क्यानडाले अमेरिकालाई एक सय ९५ रनको लक्ष्य दिएको छ । टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको हो । अमेरिका र क्यानडाबीचको खेल जारी छ । 

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

वीरगंज, १६ असार । जिल्ला प्रहरी कार्यालय पर्साले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको जनाएको छ । असार ९ गते...

सम्बन्धित खबर

- Advertisement -neelambads