search

भारतको रक्सौलमा वीरगंजका सञ्चारकर्मीहरु सम्मानित

पढ्न छुटाउनुभयो ?

प्रस, वीरगंज, २० जेठ/ अल सोसल मिडिया गु्रप रक्सौलले आइतवार प्रतिभा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। रक्सौलमा आयोजित समारोहमा भारतीय सेनाका सेवानिवृत्त अधिकारी डा सद्दाब ख्यामले कार्यक्रमको उद्घाटन गर्दै शिक्षा र रोजगार हासिल गर्नका लागि सुझाव दिए। उनले आपूm मात्र पढेर रोजगार बन्नुभन्दा थप व्यक्तिहरूलाई रोजगार दिनुपर्नेतर्फ मानिसहरूले ध्यान दिनुपर्ने सुझाव दिए। उनले आप्mनो पेशाप्रति लगनशील भएर काम गरेको खण्डमा सफलता हासिल हुने बताए।
रक्सौल नगरपरिषद्को प्रतिनिधित्व गर्दै सुरेश यादवले रक्सौलको विकासमा नगरपरिषद् मात्र बाधक नभएको बताए। उनले पछिल्लो समयमा रक्सौलको विकास क्रमिकरूपले भइरहेको तर आशाप्रद परिवर्तन हुन नसकेको बताए। नेपालसँग जोडिएको रक्सौलको विकासमा सबैजनाको साथ र सहयोग हुनुपर्नेमा उनले जोड दिए। यादवले अहिले रक्सौलमा सरसफाइ र सरकारी कार्यालयहरूमा हुने गरेका बेथितिमा सुधार आएको दाबी गरे।
कार्यक्रमका प्रमुख अतिथि डा ख्यामले वीरगंजका सोसल मिडियामा कार्यरत राधेश्याम पटेल, श्रवण साह, प्रणय साह, विशाल यादव, अनिल गुप्ता, चन्दन यादवलाई दोसल्ला ओढाएर सम्मानित गरेका थिए। यसैगरी, कार्यक्रममा रक्सौलमा कार्यरत सोसल मिडियाकर्मी, कक्षा १२ का उत्कृष्ट विद्यार्थी र वारुणयन्त्रकर्मीलाई पनि सम्मानित गरिएको थियो। कार्यक्रममा भूतपूर्व भारतीय सेना सङ्घका शैलेश कुमार, भेलाही ग्राम पञ्चायतका मुखिया सुमन पटेललगायतको सहभागिता थियो।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads