search

मधेशको जगरनाथपुरको मेलामा कुस्ती उल्लास

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंज–२२ जगरनाथपुरमा रामनवमीको अवसरमा मेला तथा कुस्ती प्रतियोगिता आयोजना भएको छ । श्रीसिया खोलाको किनारमा रहेको काली मन्दिरको स्थानमा मेला लागेको थियो भने स्वास्थ्य चौकी जगरनाथपुर नजिकको खाली खेतमा विराट दंगल (कुस्ती) प्रतियोगिता आयोजना भएको थियो । हरेक वर्ष रामनवमी र विजया दशमीको दिन गरी वर्षमा काली मन्दिरमा दुई पटक मेला लाग्ने गरेको छ । मेला पुरानो भए तापनि कुस्ती प्रतियोगिता केही वर्ष देखि आर्थिक समस्याको कारण हुन सकिरहेको थिएन् ।तर यसवर्ष गाउँवासीको सहयोगमा भव्य कुस्ती प्रतियोगिता आयोजन भएको मेला समितिका सदस्य भूषण पटेलले बताए । कुस्तीको उद्घाटन वडा नं २२ का वडा अध्यक्ष द्वारिका महतोले गरेका थिए । कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलमान पारस थापा,भारत,पश्चिम बंगालका सैतान सिंहलगायत नेपाल भारतका दर्जनौं पहलमानका दर्जनौं जोडी कुस्ती खेल प्रदर्शन भएको थियो । मधेशप्रदेशमा कुस्तीको क्रेज निकै अत्यधिक हुने गरेकोले हरेक मेलामा कुस्ती आयोजना हुने गर्छ । जगरनाथपुरको कुस्तीको केही तस्बिरहरु ।

 

Facebook Comments Box

ताजा खबर

एनपिएलः काठमाडौँको दोस्रो जित, लुम्बिनीको ‘प्लेअफ’ सम्भावना कठिन

काठमाडौँ, ९ मङ्सिरः नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौँ गोर्खाजले दोस्रो जित निकालेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा काठमाडौँले...

सम्बन्धित खबर

- Advertisement -neelambads