search

spot_img
spot_img

वीरगंजमा २ करोडको लागतमा विद्युतीय बाइक र स्कुटरको शोरुम शुभारम्भ

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज
वीरगंजमा रामनवमीको दिन विद्युतीय सवारीसाधन बनाउने भारतीय कम्पनी कोमाकी शोरुम शुभारम्भ भएको छ । करिब २ करोडको लागतमा वीरगंज–१६ नगवा,बाइपासरोडमा सञ्चालनमा आएको शोरुमको उद्घाटन वीरगंज उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अनिलकुमार अग्रवाल(पाटवारी)ले गरे । जापनिज प्रविधिमा अधिारित भारतको दिल्लीमा उत्पादन गर्ने कोमाकी  कम्पनी सन १९८८ देखि सञ्चालनमा आएको कम्पनी हो ।पहिले ब्यारिङ त्यसपछि इरिक्सा उत्पादन गथ्र्यो अहिले विद्युतीय दुई पाग्रे सवारी सधानमा मोटरसाइकल र स्कुटर उत्पादन गरिरहेको जनाइएको छ। सोही कम्पनीको नेपालको तराईका २२ जिल्लाको अधाकारिक विक्रेताको रुपमा वीरगंजका व्यवसायी कृष्णकुमार अग्रवाल सञ्चालक रहेको ओमजी ट्रेड इन्टरनेशनलले आधिकारिक विक्रेताको रुपमा पहिले शोरुम वीरगंजमा सञ्चालनमा ल्याएको हो ।वीरगंजपछि नारायणगढ,जनकपुर र मिर्चैयामा शोरुम खोल्ने लक्ष्य रहेको जनाइएको छ ।
उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पटवारीले वातावरणमा कुनै प्रकारको नकारात्मक प्रभाव नपार्ने र ईन्धन खर्च पनि नहुने विद्युतीय सवारीसाधन उत्पादक कम्पनि कोमाकी जस्तो ठूलो ब्राण्डको शोरुम वीरगंजमा खुल्नु ठूलो उपलब्धि भएको बताए । उनले न्यून आय भएका व्यक्तिहरुका लागि यस्ता विद्युतीय सवारीसाधन किफायती हुने बताउँदै विद्युतीय सवारीसाधन खरिद गर्न सुझाव दिए । उनले भने, ‘इन्धनको मूल्य दिनप्रतिदिन बढ्दै गएको छ । इन्धनबाट चल्ने सवारीसाधनले वातावरणमा पनि उतिकै क्षति पुर्याइरहेका हुन्छन् । जसले आर्थिक र वातावरणीय क्षति भइरहेको छ । यसलाई न्यूनीकरण गर्न र कम आय भएको व्यक्तिले इन्धन खरिद गर्नुपर्ने झनझटबाट छुट्कारा पाउनु विद्युतीय सवारीसाधनमा लगानी गर्नुपर्छ । म सबैलाई अब विद्युतीय सवारीसाधन खरिद गर्न मात्र सुझाव दिन्छ । शोरुममा हाल एक मोटरसाइकल र ६ स्कूटरका मोडल उपलब्ध छन् । डिटी ३ हजार हाइ स्पीड सेग्मेन्टअन्तर्गत भारतमा जापनिज प्रविधिबाट निर्मित मोटरसाइकल र स्कूटरमा ६२ भोल्ट ५२ एम्पीयर आवरको लिथियम आयन ब्याट्री प्याक रहेको अध्यक्ष अग्रवालले बताए । एकपटक घरेलु प्लगमा चार्ज गर्दा ४ देखि ५ घण्टामा ब्याट्री पूर्ण चार्ज हुन्छ । विद्युतीइ मोटरसाइकल र स्कूटरलाई आरामले २ देखि ३ दिनसम्म चलाउन सकिने अग्रवालले दावी गरे । ‘२२ पैसा प्रतिकिलोमिटरको खर्चमा मोटरसाइकल र स्कूटर चल्छ । हामीले खरिद गर्ने ग्राहकलाई ब्याट्रीमा २ वर्षको र मोटर तथा कन्ट्रोलरमा १ वर्षको रिप्लेस्मेन्ट ग्यारेन्टी पनि दिन्छौँ,’ उनले भने, ‘इन्धनबाट चल्ने सवारीसाधनको तुलनामा कोमाकीको मोटरसाइकल धेरै सस्तो र किफायती पनि छ ।’ स्कूटरमा जडित ब्याट्रीले एक पटकको पूरा चार्जमा १ सय ४० किलोमिटरदेखि १ सय ६० किलोमिटरको माइलेज दिने उनले बताए । यसको टप स्पीड भने प्रतिघन्टा ८० किलोमिटरको छ । कोमाकी मोटरसाइकलको मूल्य ४ लाख ३५ हजार र स्कूटरको मूल्य २ लाख ३५ हजारदेखि ३ लाख ३० हजारसम्म रहेको छ ।

Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads