search

spot_img
spot_img

रौतहटकी निर्मलाको हत्या भएको आरोप

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ४ असार/
रौतहट जिल्ला परोहा नगरपालिका–८ नरकटियागुठीमा जेठ २७ गते एकजना विवाहित महिलाले आत्महत्या गरेको घटनामा हत्याको आरोप लागेको छ।

२० वर्षीया निर्मलाकुमारी सर्राफले पासो लगाएर आत्महत्या गरेको ससुराली पक्षले दाबी गरेको छ। निर्मलाले राति ११:३० आत्महत्या गरेको र निजलाई रौतहट अस्पतालमा लग्दा मृत घोषित गरिएको ससुराली पक्षले जनाएको छ। घटनाबारे प्रहरीलाई खबर नगरिएको कारण रौतहटमा शल्यपरीक्ष्Fण गरिएन र वीरगंज पठाइएको थियो।
नारायणी अस्पतालमा २८ गते शल्यपरीक्षण गरेर परिवारलाई शव जिम्मा लगाइएको र अन्तिम संस्कार पनि भइसकेको छ। ससुराली पक्षले यस्तो कार्य गर्दा प्रहरी र माइती पक्षलाई खबर नगरेको भन्दै हत्याको आरोप लागेको हो। निर्मलाको माइती बारा, परवानीपुर गाउँपालिकाको लिपनीमा छ। उनका दाजु मुकेश सर्राफले बहिनीले आत्महत्या नगरेर उनको हत्या भएको आरोप लगाएका छन्।

दाजुलाई राखी लगाउँदै निर्मला ।

२०७९/११/११ मा रौतहटको परोहा नपाका शेषनाथ सर्राफसँग बहिनीको विवाह भएको र पछिल्लो समयमा उनलाई पति, सासू–ससुरा, देवर, नन्द मिलेर मानसिक तथा शारीरिक यातना दिने गरेको उनले आरोप लगाए। उनले ससुराली पक्षको प्रताणना सहन नसकेर बहिनीले आत्महत्या गरेकीले आत्महत्या दुरुत्साहन मुद्दामा कारबाई गर्न माग गरेका छन्। निर्मला र शेषनाथका चार महीनाको छोरा पनि छ। दूधे छोरालाई अहिले शेषनाथकै बुबाआमाले हेर्दै आएका छन्। प्रहरीले यसबारेमा गहन अनुसन्धान गर्नुपर्ने उ

निर्मलाको चार महीनाको छोरा

नको माग छ। घटनाबारे प्रहरी र माइतीलाई गुमराहमा राखिनुले पनि आशङ्का बढेको हो।

जिल्ला प्रहरी कार्यालय, रौतहटले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ। शल्यपरीक्ष्Fण रिपोर्ट आइनसकेको र घटना अनुसन्धानकै क्रममा रहेकोले ठोकुवा गरी केही भन्न सक्ने प्रहरीले जानकारी गराएको छ। निर्मलाका पति शेषनाथ भने प्रहरीले अनुसन्धान शुरू गरेपछि फरार छन्।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads