search

गण्डकी प्रदेशस्तरीय क्रिकेट: अपराजित रहँदै स्याङ्जा फाइनलमा

पढ्न छुटाउनुभयो ?




कास्की । पोखरामा जारी गण्डकी प्रदेशस्तरीय टी –२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा कास्की र स्याङ्जा भिड्ने भएका छन् । 

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नवलपुरलाई दुई विकेटले पराजित गर्दै स्याङ्जा फाइनलमा पुगेको हो । समूह चरणका तीन वटै खेल जितेको स्याङ्जा छ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेर कास्कीसँगको फाइनल भेट पक्का गर्न सफल भयो ।

 घरेलु टोली कास्की समूह ‘ए’ को विजेता बन्दै यसअघिनै फाइनल पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भोलि बिहीबार हुने आयोजकले जनाएको छ । स्याङ्जासँगको खेलमा टस जितेर सुरुआतमा ब्याटिङ रोजेको नवलपुरले १७ ओभरमा सीमित गरिएको खेलमा १६ ओभरको चौथो बलमा ‘अलआउट’ हुँदै ७५ रन मात्रै बनाउन सक्यो ।

खेलमा नवलपुरका लागि रिजन काफ्लेले ४५ बलमा ३० रनको योगदान दिए भने कमल परियारले २२ बलमा १८ रन मात्रै जोड्न सके । यस्तै सुदिप अर्यालले १२ रनको योगदान दिए । स्याङ्जाका लागि ‘प्लेयर अफ दी म्याच’समेत रहेका सन्दिप खत्री क्षेत्री र अङ्कित न्यौपानेले समान दुई/दुई विकेट लिए । 

खेलमा ७६ रनको लक्ष्य पछ्याएको स्याङ्जालाई जितका लागि अन्तिम ओभर कुर्नुपर्‍यो । स्याङ्जाले १६ ओभरको दोस्रो बलमा आठ विकेटको विकेटको क्षतिमा ७९ रन बनाउँदै लक्ष्य भेट्टायो । स्याङ्जाका लागि अनिष ताम्राकारले १५ बलमा दुई चौका र दुई छक्का प्रहार गर्दै २२ रनको योगदान दिए । त्यस्तै ईश्वर क्षेत्रीले २९ बलमा २१ रन बनाए भने प्रदीप पाण्डे  ‘नट आउट’ रहँदै ११ रन बनाए ।

नवलपुरका लागि कमल परियारले चार ओभर बलिङमा एक मेडन राख्दै १२ रन दिएर तीन विकेट लिन सफल भए । दीपक डुम्रेले तीन ओभरमा एक मेडनसहित छ रन दिएर दुई विकेट लिए ।प्रदेश खेलकुद परिषद्को आयोजना तथा प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा यही जेठ ३२ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको विजेता टिमलाई नगद पुरस्कार रु एक लाख र उपविजेता टिमलाई नगद रु ५० हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र पाउनेछन् । प्रतियोगितामा आठ जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट आसन्न दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रारम्भिक टोली छनोट गरिने प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।रासस

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads