search

spot_img
spot_img

विश्वकप क्रिकेटः ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी

पढ्न छुटाउनुभयो ?




काठमाडौं। आइसिसी टि-२० विश्वकप २०२४ अन्तर्गत ‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । वेस्ट इन्डिजको स्टेडियममा पहिलो पटक विश्वकप क्रिकेट खेलिरहेको सहआयोजक अमेरिका १८ रनले पराजित भएको हो ।

१ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समिटियो । अमेरिकाका एन्ड्रिस गौसले ४७ बलमा ५ चौका र ५ छक्कासहित सर्वाधिक ८० रन बनाए ।

बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले ३ विकेट लिए । त्यसअघि सर भिभियन रिचर्ड्स रंगशाला नर्थ साउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ४ विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

हालसम्म विश्वकप उपाधी जित्न नसकेको दक्षिण अफ्रिका समूह डी बाट ४ खेलमा अपराजित रहँदै ‘सुपर ८’ मा पुगेको थियो । ‘सुपर ८’ अन्तरगतको दोस्रो खेलमा अहिले सहआयोजक समेत रहेको वेस्ट इन्डिज र इङ्ल्याण्डबीचको खेल जारी छ ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads