परवानीपुर, ५ असार/ वीरगंज–३२ चोर्नीको रामवनमा सङ्घीय वन मन्त्रालयको प्राकृतिक चिडियाखाना बन्न थालेपछि सो स्थानमा बसोबास गर्ने करीब १२० घरपरिवारको बिल्लबाठ लाग्ने भएको छ। जेठ २७ गते डिभिजन वन कार्यालय, पर्साले सो स्थानको चार किल्ला छुट्याएर घर, टहरा, पसल, छाप्रो खाली गराउन १५ दिने सूचना जारी गरेपछि स्थानीयहरू त्रसित भएका छन्।
स्थानीय सुक्रु लामाले विगत ४० वर्षदेखि बसोबास गर्दै आएको रामवनवासीहरूको बासस्थानको विकल्प नै नदिएर अचानक ठाउँ खाली गर्ने सूचना जारी हुनु दुःखद भएको बताए। सो स्थानमा करीब ३० वटा पक्की घर र बाँकी घर फुस, खपडा, जस्तापाता, काठका रहेकामा अचानक सूचना जारी भएकोले आफूहरू बिचल्लीमा परेको उनले बताए।
सरकारले सुकुमबासीलाई बस्ने वातावरण मिलाएर मात्रै सो ठाउँ खाली गराउनुपर्ने स्थानीय रेखा तामाङ बताउँछिन्। प्रहरी प्रशासन लगाएर वन कार्यालयले सो ठाउँ खाली गराउनेतर्फ लाग्यो भने आफूहरू आन्दोलनमा उत्रिने स्थानीयवासीहरूले चेतावनी दिएका छन्। उनीहरूले बासस्थानको लागि आफूहरूले जस्तोसुकै प्रतिकारसमेत गर्ने मनस्थिति बनाएको बताएका छन्।
यता, डिभिजन वन कार्यालय, पर्साले सो ठाउँमा ५० हेक्टर क्षेत्रफल अर्थात् ७५ बिघा क्षेत्रफलमा प्राकृतिक चिडियाखाना बनाउने कार्यक्रम अघि बढेको र सो अनुसार तारबार लगाउने कार्य भइरहेकोले अतिक्रमित राष्ट्रिय वन क्षेत्र खाली गराउन निर्देशनसहितको सूचना जारी गरेको छ। १५ दिनमा सो ठाउँ खाली नगरे वन ऐन २०७६ नियमावली २०८० बमोजिम आवश्यक कारबाही अघि बढाइ घर, काठ तथा मालवस्तु जफतसमेत गर्ने चेतावनी दिएको छ।

Facebook Comments Box