search

पर्सामा वैधानिक गाँजाखेती गर्न स्थानीयको पहल

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ५ असार/ पर्सामा पुनः लागूपदार्थ गाँजाखेती गर्न स्थानीय सल्बलाउन थालेका छन्। सरकारको नीति नियम पालना गरी वैधानिकरूपमा गाँजाखेती गर्नेतर्फ स्थानीय उत्साहित देखिएका छन्।
बितेको शनिवार पटेर्वासुगौली–४ भतौडामा गाँजाखेती सङ्घर्ष समिति गठन गरिएको छ। नागाबाबा मन्दिर परिसरमा आयोजित गाँजाखेती गर्न किसानहरूको भेलाले समिति गठन गरी आधिकारिकरूपमा गाँजाखेती गर्न पाउनुपर्ने माग अघि सारेका छन्।
सरकारले आगामी आव २०८१/८२ को बजेटमा गाँजाखेती वैधानिकरूपमा गर्नका लागि अध्ययन प्रतिवेदन ल्याउने एवं नेपालका २३ वटा जिल्लामा गाँजा स्टोर सञ्चालनमा ल्याउने आन्तरिक तयारीमा रहेको सूचना पाएर आफूहरू अहिलेदेखि नै पर्सामा समेत वैधानिकरूपमा गाँजाखेती गर्न आफूहरू तयार रहेको जानकारी गराउन भेला डाकिएको स्थानीय मनोहर सोनीले बताए । पटेर्वासुगौली–४ का नागेन्द्र चौधरीको संयोजकत्वमा गाँजाखेती सङ्घर्ष समिति गठन गरिएको बताइएको छ ।
दुई दशकअघि पर्सामा प्रतिबन्धित गाँजाखेती पर्याप्त हुने भएकोले यस भेगका किसान सोको खेतीमा अनुभवी रहेकाले यदि सरकारले वैधानिकरूपमा गाँजाखेती गर्न अनुमति दिए पर्साका किसानको लागि खुशीको कुरा हुने सङ्घर्ष समितिले जनाएको छ । सङ्घर्ष समितिमा आबद्ध किसानहरूले चाँडै अर्थमन्त्री वर्षमान पुन र गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएर वैधानिक गाँजाखेती गर्नको लागि माग गर्ने तयारी गरेका छन् ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads