search

spot_img
spot_img

मधेसमा भ्रष्टाचारविरोधी अभियान चलाउँछौं –मातृका यादव

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ६ असार/ नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृकाप्रसाद यादवले मधेसमा भ्रष्टाचार र कुुशासन बढेको बताएका छन्। वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा उनले भ्रष्टाचार र सुशासन कायम गर्नका लागि नयाँ आन्दोलनको सुरुआत गर्नुपर्ने बताए।
वीरगंजमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा नेपालको विस्तारित बैठकबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले जनयुद्ध, जनआन्दोलन र विभिन्न आन्दोलनहरूबाट शासन व्यवस्था परिवर्तन भएपनि मधेसको अवस्था अझै पनि उस्तै रहेको र दलाल नोकरशाह पूँजीपति वर्गको कब्जामा देश गएको भन्दै त्यसको भण्डाफोर गर्न मधेसमा भ्रष्टाचारविरोधी कार्यक्रम गर्ने बताए। मोर्चा इन्चार्जसमेत रहेका नेता यादवले मधेस कङ्गालीको अवस्थामा पुगेको भन्दै राष्ट्रिय पूँजीको विकासविना देशको समृद्धि सम्भव नरहेको र विचार शून्यताहरूको बोलवाला रहेका कारण उत्पीडित वर्ग झन् उत्पीडनमा परेको बताए।
राजनीतिलाई कमाइ खाने साधन बनाएर राजनीति नै फोहोरी खेल हो भन्ने भाष्य सृजना गरी जनतालाई सङ्घीयता र गणतन्त्रको विपक्षमा पार्न भ्रमका जालहरू बुनिरहेकोसमेत उनले आरोप लगाए। उनले नेपालमा सबैभन्दा बढी उपेक्षित मधेस र मधेसी नै भएकोले यसको उत्थानका लागि मोर्चालाई पुनर्जीवन दिने आवश्यकता महसूस गरेर भ्रष्टाचारविरोधी अभियान शुरू गर्न लागिएको जानकारी दिए। प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य एवं पर्सा इन्चार्ज नीरज पिठाकोटेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा विजय महतो, जगत यादवलगायतको सहभागिता थियो।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads