search

spot_img
spot_img

गर्भपतन सम्बन्धी दुई दिने अभिमुखिकरण गोष्ठि शुरु

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंज,११ असार स्वास्थ्य कार्यालय पर्साको आयोजनामा गर्भपतन सम्बन्धी मूल्य मान्यता र व्यवहार परिवर्तन (भिक्याट) सम्बन्धी दुई दिने अभिमुखिकरण गोष्ठि वीरगंजमा शुरु भएको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको अडिटोरियममा आयोजित गोष्ठिमा पर्साका १४ वटा पालिका एवं अन्य स्वास्थ्य संस्थाका प्रमुखहरुको सहभागिता रहेको छ । सुरक्षित गर्भपतनको चेतनाको अभावमा कतिपय विरामीहरु समस्यामा पर्ने हुदाँ उक्त गोष्ठि आयोजना गरिएको स्वास्थय कार्यालय पर्साले जनाएको छ । गोष्ठि समुद्घाटन गर्दै स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. मुक्तिनारायण साहले अबैध गर्भपतनलाई रोकी वैधानिक गर्भपतनतर्फ सर्वसधारणलाई ध्यानाकर्षण गराउन स्वास्थ्यकर्मीको भूमिका अहम हुने बताए । उनले विगतको केही वर्षको जन्मदरको तथ्यांक हेर्दा सय जना बालिकाको जन्म भइरहेकोमा बालकको जन्म सो भन्दा बढि अर्थात एक सय १२० सम्म भइरहेको कुरा सबैको सबैको लागि सो कुरा चिन्ताको विषय भएको बताए । भ्रूण हत्या गरी बालक मात्रै जन्माउन पनि हाम्रो समाज अग्रसर भएको उक्त तथ्याकले पुष्टि गरेको उनको तर्क थियो । कतिपय विरामीले अनुमति पाएका स्वास्थय संस्थामा नगई आफुखुसी गर्भपतनको औषधी खाएर बच्चा र आमाको ज्यानसमेत जोखिममा पार्ने हदुाँ पनि गर्भपतन सेवा बारे चौतर्फी छलफल हुनु पर्ने विषय भएको उनको भनाई थियो । साथै,पैसाको लोभमा कतिपय चिकित्स र स्वास्थ्यकर्मीले अवैधिक गर्भपतन गोप्य रुपमा गराउने गुनासो सुन्ने गरेकोले पनि त्यस्तो अपराधिक गतिविधिहरुमा संलग्न नहुन पनि स्वास्थयकर्मीसंग उनले अपिल गरे । स्वास्थ्य कार्यालय पर्साका प्रमुख डा. साहको अध्यक्षता एव स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्स मीरा यादवको सहजीकरणमा शुरु भएको गोष्ठिमा नारायणी अस्पताल वीरगंजकी अस्पताल नर्र्सिङ निरीक्षक रिंकु साह,पोखरीया अस्पतालकी अस्पताल नर्सिङ निरीक्षक खुश्बु मिश्रा,प्रसुती रोग विशेषज्ञ डा. मन्जु रायलगायतले सुरक्षित गर्भपतन बारे विभिन्न विधि र चरण बारे प्रशिक्षण दिएका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads