search

spot_img
spot_img

बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ

पढ्न छुटाउनुभयो ?

बारा, ११ असार । बारा क्याम्पस प्रमुख हत्या प्रकरणमा गोलीसहित सातजना पक्राउ परेको बारा प्रहरीले आज जानकारी गराएको छ ।
बाराको कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको हत्यामा संलग्न ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आदर्शकोतवाल गाँउपालिका वडा नं २ बस्ने महन्थ महतोको छोरा ३२ वर्षीय अवधलाल प्रसाद कुशवाहा, सोही ठाउँका जितन महतोको छोरा २९ वर्षीय चांदसी कुशवाहा, प्रेमलाल साहको छोरा २७ वर्षीय चुल्हाई भन्ने श्रवणकुमार साह, सियाराम राउत कुर्मीको छोरा ३४ वर्षीय राधेश कुमार पटेल र रामचन्द्र राउतको छोरा ५४ वर्षीय बिनोद राउत कुर्मी, कलैया उपमहानगरपालिका–१० मटिअर्वा बस्ने मोहन रामको छोरा ५० वर्षीय आम्रपाली भन्ने ब्रह्मदेव राम, करैयामाई गाँउपालिका–७ पिपरा बस्ने महादेव साह थारूको छोरा ५० वर्षीय मोतिलाल चौधरीलाई पक्राउ गरिएको जिप्रका, बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
प्रहरीले उक्त हत्यामा प्रयोग गरिएको बा ३२ प ७०५५ नम्बरको मोटरसाइकल, ना ५९ प ४७८९ नम्बरको मोटरसाइकल, ना ३३ प ५४६२ नम्बरको मोटरसाइकल, ६ राउण्ड गोली, विभिन्न मोबाइल, ल्यापटप, नेपाली तथा भारतिय सिम कार्डहरू बरामद गरेको छ। क्याम्पस प्रमुख कुशवाहाको हत्या गत जेष्ठ ३२ गते आदर्शकोतवाल गाउँपालिका वडा नं २ खजुरियाबाट कलैया तर्पm आउदै गर्दा वडा नं ३ बतरामा अज्ञात समूहले गोली प्रहार गरेको थियो।
गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहा वीरगंज स्थित वयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।
उक्त घटनामा पक्राउ परेका सातै जनालाई कर्तव्य ज्यान, हातहतियार खरखजाना मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको तथा फरार प्रतिवादीहरूको खोजि कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads