search

spot_img
spot_img

गर्भपतनसम्बन्धी दुई दिने अभिमुखीकरण

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, ११ असार/ स्वास्थ्य कार्यालय पर्साको आयोजनामा गर्भपतनसम्बन्धी मूल्य, मान्यता र व्यवहार परिवर्तन (भिक्याट) सम्बन्धी दुई दिने अभिमुखीकरण गोष्ठी वीरगंजमा शुरू भएको छ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको अडिटोरियममा आयोजित गोष्ठीमा पर्साका १४ वटा पालिकाका स्वास्थ्य शाखा प्रमुख एवं विभिन्न स्वास्थ्य संस्थाका प्रमुखहरूको सहभागिता छ। सुरक्षित गर्भपतनको बारेमा चेतना नहँुदा महिलाहरू समयमैं सुरक्षित गर्भपतन गराउनबाट वञ्चित भइरहेकाले गोष्ठी आयोजना गरिएको स्वास्थ्य कार्यालय, पर्साले जनाएको छ।
गोष्ठीमा स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहले अवैध गर्भपतनलाई रोकी वैधानिक गर्भपतनतर्फ सर्वसाधारणलाई आकर्षित गराउन स्वास्थ्यकर्मीहरूको भूमिका अहम् हुनुपर्नेमा जोड दिए।
उनले विगतका केही वर्षको जन्मदरको तथ्याङ्क हेर्दा सयजना बालिकाको जन्म भइरहेकामा बालकको जन्म सोभन्दा बढी अर्थात् १२० सम्म भइरहेकाले बालिकाको भ्रूण हत्या गरी बालक मात्रै जन्माउन पनि गर्भपतन भइरहेकाले यसप्रति सचेत हुन स्वास्थ्यकर्मीहरूलाई आग्रह गरे। कतिपय महिला अनुमति पाएका स्वास्थ्य संस्थामा नगई आफूखुसी गर्भपतनको औषधि खाएर बच्चा र आमाको ज्यान जोखिममा पार्ने हुँदा पनि गर्भपतन सेवाबारे चौतर्फी छलफलको विषय बनाउनुपर्ने उनले बताए। उनले पैसाको लोभमा कतिपय चिकित्सक र स्वास्थ्यकर्मीले गोप्यरूपमा अवैधानिक गर्भपतन गराउने गरेको गुनासो आएकाले यस्तो आपराधिक गतिविधिमा संलग्न नहुन सुझाव दिए।
डा साहको अध्यक्षता एवं स्वास्थ्य कार्यालय पर्साकी पब्लिक हेल्थ नर्स मीरा यादवको सहजीकरणमा शुरू भएको गोष्ठीमा नारायणी अस्पताल वीरगंजकी अस्पताल नर्सिङ निरीक्षक रिङ्कु साह, पोखरिया अस्पतालकी अस्पताल नर्सिङ निरीक्षक खुश्बु मिश्र, प्रसूतिरोग विशेषज्ञ डा मञ्जु रायलगायतले प्रशिक्षण दिइरहेका छन्।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads