search

spot_img
spot_img

सुरक्षित गर्भपतनमा इमानदार भएर लाग्न सुझाव

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १२ असार/ वैधानिक गर्भपतनमा इमानदार भएर लाग्न पर्सेली स्वास्थ्यकर्मीहरूलाई सुझाव दिइएको छ।

स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगंजको सभाहलमा हिजोदेखि आयोजित गर्भपतनसम्बन्धी अभिमुखीकरण गोष्ठीमा स्वास्थ्य कार्यालय, पर्साका प्रमुख डा मुक्तिनारायण साहले सो सुझाव दिएका हुन्। गर्भपतनसम्बन्धी मूल्य–मान्यता तथा व्यवहारमा रूपान्तरणसम्बन्धी दुई दिने गोष्ठी समापन कार्यक्रममा डा साहले हाम्रो प्रयास पर्साका सबै पालिका र सेवाप्रदायक संस्थासँग हातेमालो गर्दै अघि बढ्ने रहेको बताए। उनले सुरक्षित गर्भपतन सेवाप्रवाह गर्ने क्रममा सबै स्वास्थ्यकर्मी गम्भीर भएर इमानदारीपूर्वक लाग्न आवश्यक रहेको बताए। अहिले पनि जनचेतनाको अभाव र गोपनीयतामा ध्यान नदिंदा अधिकांश महिला स्थानीयस्तरमा सेवा लिनबाट वञ्चित हुँदै असुरक्षित गर्भपतन गराउनतर्फ बाध्य भएकाले यसमा सुधार अत्यावश्यक रहेको बताए।

नारायणी अस्पताल वीरगंजका मेडिकल सुपरिटेन्डेन्ट डा एनामुल हकले अन्यत्रबाट बिगारिएको घटना नारायणी अस्पतालमा आइपुग्ने गरेको बताए। उनले अनुमतिप्राप्त संस्था र तालीमप्राप्त स्वास्थ्यकर्मीबाट मात्र गर्भपतन गराउन सुझाए। नेशनल मेडिकल कलेजका डा रविकुमार साहले गाउँघरमा इजाजत नलिएका फार्मेसीबाट गर्भपतनका औषधि जथाभावी बिक्री वितरण हुने गरेका र त्यसबाट पनि समस्या बढिरहेको भन्दै त्यस्ता कार्य रोक्नुपर्ने सुझाए। उनले स्वास्थ्यकर्मीहरूलाई गर्भवती महिलाहरूलाई सही सूचना दिएर सघाउन आग्रह गरे।

जिल्ला प्रहरी कार्यालय, पर्सा महिला सेलका वप्रनानि गोरखबहादुर शाहीले समन्वय गरी सरोकारवालाहरू अघि बढ्दा अवैधानिक औषधिपसल र स्वास्थ्य संस्थालाई कारबाही गर्न सहज हुने बताए।

 

स्वास्थ्य कार्यालय, पर्साकी पब्लिक हेल्थ नर्स मीरा यादवको सहजीकरणमा सम्पन्न कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, पर्साका प्रमुख मोतिराम भट्टराई, नेशनल मेडिकल कलेजकी डा मिनल ठाकुरलगायतको सहभागिता थियो। दुई दिने गोष्ठीमा नारायणी अस्पतालकी डा मञ्जु राय, नर्सिङ निरीक्षक रिङ्कु साह, पोखरिया अस्पतालकी नर्सिङ निरीक्षक खुश्बु मिश्रलगायतले प्रशिक्षण दिएका थिए।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads