search

spot_img
spot_img

रास्वपा, ठोरी सभापतिमा माधव बस्नेत

पढ्न छुटाउनुभयो ?

वीरगंज, १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम ठोरी पालिका भेलाले सभापतिमा माधव बस्नेत निर्बिरोध चयन भएका छन । आज ठोरीको भन्सारचोकमा आयोजित रास्वपाको प्रथम भेलाले बस्नेतलाई सभापतिमा चयन गरेको हो ।
उनी होटल ब्यवसायी महासंघ नेपालको केन्द्रिय सदस्य र होटल तथा पर्यटन व्यवसायी संघ पर्साका महासचिवसमेत हुन । उनी लामो समय देखि होटल ब्यबसायमा सम्लग्न छन् । भेलाले माधव बस्नेतको सभापतित्वमा ११ सदस्यीय पालिका समिति चयन गरेको छ । समिति उपसभापतिमा रामशरण लामिछाने, सचिव धनबहादुर श्रेष्ठ, कोषाध्यक्ष रमा श्रेष्ठ र सदस्यहरूमा प्रवेश बस्नेत, भुवन बुढाथोकी, ताराबहादुर श्रेष्ठ, पदम श्रेष्ठ, कालुमान लोप्चन, भक्त कुमारी पण्डित र उदय लाल कायस्थ चुनिएका छन ।
रास्वपा क्षेत्र न ४ सभापति जितेन्द्र मिश्रको सभापतित्वमा सम्पन्न उक्त भेलामा प्रमुख अतिथि केन्द्रिय सदस्य डा. नन्दन यादवले पार्टी नीतिको वारेमा प्रकाश पार्दै अबदेखि पार्टीको कार्यक्रममा खादा, माला र ब्याच प्रयोग नगर्न आग्रह गरे । रास्वपा पर्सा जिल्ला संयोजक हरि पन्तले स्वागत भाषण गर्दै युवापंक्तिहरू राजनीतिमा अगाडि आउन आग्रह गरे ।
प्रमोद रायमाझीले सहजीकरण गरेको कार्यक्रममा पार्टीको अभियान तथा प्रचार प्रसार विभाग प्रमुख राम सरार्पm, उपसंयोजक तुलशा पौडेल, पुर्ब संयोजक दिलिप कुर्मी, प्रदेश सदस्य सुदिश प्रजापती, पुरुषोत्तम देव उपाध्याय, कामोध्या चौधरी, राम आर्य, कृष्ण पासवान, सन्दीप पुरी लगायतको सहभागीता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads