search

spot_img
spot_img

पाठ्यक्रमसम्बन्धी अभिमुखीकरण शुरू

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, १६ असार/ शिक्षा विकास तथा समन्वय एकाइ पर्साको आयोजनामा दुई दिने प्रावि तह ४ र ५ का पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयनसम्बन्धी अभिमुखीकरण गोष्ठी शुरू भएको छ।
वीरगंजको चिनीमिलस्थित सिद्धार्थ माविमा आयोजित दुई दिने तालीमको उद्घाटन एकाइ शाखा अधिकृत श्यामकिशोर प्रसादले गरेका थिए। तालीममा वीरगंज महानगरपालिकाका प्रFवि विद्यालयका एक/एकजना शिक्षकको सहभागिता छ।
त्रिभुवन माविका शिक्षक मनोज वर्णवालको सहजीकरणमा भइरहेको तालीममा पहिलो सत्र त्रिजुद्ध माविका शिक्षक रामबाबू बैठाले पाठ्यक्रमको ढाँचा र स्वरूपबारे प्रशिक्षण दिएका थिए भने अर्का प्रशिक्षक वर्णवालले कुल ग्रेड प्वाइन्ट (जिपिए) निकाल्न सिकाएका थिए।
महानगरपालिकाका प्रावि विद्यालयमा विद्यार्थीको सिकाइ उपलब्धि मूल्याङ्कन गर्नको लागि झन्झट नहोस् भन्ने उद्देश्यका साथ जिपिए निकाल्ने सीप एवं पाठ्यक्रमबारे प्रशिक्षण आयोजना गरिएको हो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

डुबेर दुई बालकको मृत्यु

पर्सा, २७ साउनः ठोरी गाउँपालिका–२ मा अवस्थित ढेँडुखोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । ठोरी–२ ढेँडुखोलाका मनोज कठायतका आठ...

सम्बन्धित खबर

- Advertisement -neelambads