search

spot_img
spot_img

हाफपाइन्ट लगाएका सेवाग्राहीलाई पर्सा प्रहरीको रोक

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० असार । जिल्ला प्रहरी कार्यालय, पर्साले बक्स हाफपाइन्ट लगाएका सेवाग्राहीलाई प्रवेशमा रोक लगाएको छ।
जिप्रका, पर्साले कार्यालयमा प्रवेशका लागि खास किसिमको पोशाक लगाउनुपर्ने सूचना भने जारी गरेको छैन तर यता केही दिनदेखि बक्स हाफपाइन्ट लगाएर जाने सेवाग्राहीलाई भने प्रवेश निषेध गरेको छ। प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले यसबारेमा अनभिन्नता जाहेर गरे। तर प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक भारतीले कार्यालयमा बक्स हाफपाइन्ट लगाएर आउने सेवाग्राहीलाई प्रवेशमा रोक लगाइएको बताए। उनले पोशाकको मापदण्ड नतोकिएको तर बक्स हाफपाइन्टमा आउने सेवाग्राहीलाई भने प्रवेश नदिएको स्वीकारे।
जिल्ला प्रहरी कार्यालय, पर्सामा सेवा लिन आउनेहरू भन्छन्– प्रहरीले सुरक्षा जाँच गरेर सबै सेवाग्राहीलाई प्रवेश दिने वातावरण बनाउनुपर्छ। पोशाकको आधारमा रोक लगाउने अधिकार कानूनले पनि नदिएको जानकारहरू बताउँछन्।
पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सरकारी कार्यालयहरूमा प्रवेशका लागि पोशाकमा मापदण्ड नतोकिएको बताए। उनले सामान्य पहिरनका सेवाग्राहीलाई पनि प्रवेश दिनुपर्ने बताए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads