search

spot_img
spot_img

पर्साका थप दुई पालिकामा राष्ट्रिय परिचयपत्र सेवा केन्द्र विस्तार

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २० असार/ पर्सा जिल्लाका दुईवटा पालिकामा बिहीवारदेखि राष्ट्रिय परिचयपत्र बनाउने सेवाकेन्द्र विस्तार गरिएको छ।
पकाहामैनपुर र सखुवाप्रसौनी गाउँपालिकामा राष्ट्रिय परिचयपत्र बनाउने काम थपिएको पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी गराए। यसअघि, पोखरिया, पर्सागढी नगरपालिका, कालिकामाई गाउँपालिकामा सेवाकेन्द्र स्थापना गरी राष्ट्रिय परिचयपत्र बनाउने काम भइरहेको थियो।
त्यस्तै, केही दिनअघि जीराभवानी, पटेर्वासुगौली, बहुदरमाई नगरपालिकामा पनि राष्ट्रिय परिचयपत्र बनाउने केन्द्र थप गरी काम भइरहेको प्रजिअ भुसालले बताए। उनले धोबिनी, छिपहरमाईका सेवाग्राहीहरूका लागि राष्ट्रिय परिचयपत्र बनाउन गाउँमैं सेवा केन्द्र विस्तार गर्ने लक्ष्य रहेको प्रजिअ भुसालले बताए।
जिल्ला प्रशासन कार्यालय, पर्सामा दैनिक दुई सय सेवाग्राहीले राष्ट्रिय परिचयपत्र बनाइरहेको उनले बताए। त्यस्तै, गाउँको सेवाकेन्द्रबाट दैनिक ५०–६० जनाले राष्ट्रिय परिचयपत्र बनाइरहेको जिप्रका, पर्साका राष्ट्रिय परियपत्र फाँटका रजिस्टार कृष्ण कुशवाहाले बताए।
पर्सामा कुल जनसङ्ख्याको ६५ प्रतिशतले राष्ट्रिय परिचयपत्र बनाइसकेको र ३५ प्रतिशतको मात्र बाँकी रहेको उनले बताएका छन्।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads