search

spot_img
spot_img

फेसबूकमा फर्जी खाता खोलेर अश्लील सामग्री हाल्ने क्रम बढ्दो

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २१ असार/ सामाजिक सञ्जाल फेसबूकमा अहिले फर्जी खाता बनाएर अश्लील सामग्री हाल्ने क्रम बढेको छ। एकले अर्कालाई बार्गेनिङ र ब्ल्याकमेलिङ गर्न यस्तो किसिमको घटना बढेको बताइएको छ। वीरगंजमा एउटा कलेजका लेक्चररको फेक अकाउन्ट बनाएर उनको प्रोफाइल फोटो राखेर अश्लील फोटो सार्वजनिक गरिएको छ। सो फेसबूकको स्क्रिनशट अरू साथीबाट उनले प्राप्त गरेपछि जाँचबुझ गर्दा पर्सा प्रहरीमा उजूरी गरेका छन्। तर समस्या समाधान नभएको उनी बताउँछन्।
वीरगंज–२१ पटेलनगर बस्ने १४ वर्षीया एकजना विद्यार्थीको समेत फेक आइडी बनाएर अश्लील फोटो हालिएको उनी बताउँछन्। त्यसैगरी, वीरगंज–३१ इस्लामपुरका एकजना राजनीतिकर्मीको ‘बिना बिनी’ नामबाट सञ्चालनमा आएको खाताबाट उनको फोटोशपबाट अश्लील फोटो बनाएर फेसबूकमा पोस्ट गरी बार्गेनिङ गरिएको वडाध्यक्ष जीतेन्द्र यादव बताउँछन्। साथै पोस्ट र फोटो शेयर गरेर फेसबूकमा समस्या आएको भन्दै केही ह्याकरहरू फेसबूक ह्याक र फिसिङ गर्न उन्मुख भएका जानकारहरू बताउँछन्।
फिसिङ र ह्याकिङ गरिएको लोकप्रिय व्यक्तिको प्रोफाइल अकाउन्ट र फेसबूक पेजबाट अश्लील फोटोको सहाराले कुनै ब्रान्डको प्रचार गर्न यो धन्दा चलाइरहेको बताइन्छ। जिल्लास्तरमा प्रहरीसँग भरपर्दो प्रविधि छानबीन गर्न सामथ्र्य नहुँदा यस्तो घटनाको जाँचबुझ गर्न पनि समस्या भएको जिल्ला प्रहरी कार्यालय, पर्साका एकजना प्रहरी अधिकृत बताउँछन्। उनले भने, फेसबूकको नेपालमा कार्यालय छैन। विदेशी निकायलाई कुर्नुपर्छ, भन्नुपर्छ। कतिपय घटना समाधान पनि हुन्छन्, कतिपयको जवाफ पनि आउँदैन।
Facebook Comments Box
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

ब्राउनसुगरसहित युवक पक्राउ

वीरगंज, १४ साउन । जिल्ला प्रहरी कार्यालय, बाराले लागू औषध ब्राउन सुगर १४७ ग्राम १८० मिलिग्राम सहित एकजना युवकलाई...

सम्बन्धित खबर

- Advertisement -neelambads