search

spot_img
spot_img

कलैया यातायातद्वारा सात महीनामा तीन करोड ३१ लाख राजस्व सङ्कलन

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २४ असार/ यातायात व्यवस्था कार्यालय, कलैयाले चालू आवको पछिल्लो सात महीनामा तीन करोड ३१ लाख ८२ हजार ७६२ राजस्व सङ्कलन गरेको छ।
२०८० मङ्सिर २५ गते बारा जिल्लाको सदरमुकाम कलैयाको गङ्गापुरमा शैक्षिक तालीम केन्द्रको उत्तरपट्टि भवनमा प्रदेश सरकार मातहतको कलैया यातायात व्यवस्था कार्यालय सञ्चालनमा आएको थियो। सो कार्यालयले लाइसेन्स, सवारी नामसारी, हक हस्तान्तरण, रूट इजाजत, जाँचपास, सवारीकर, सवारी नवीकरण लगायतका राजस्व सङ्कलन गर्दै आएको छ।
कार्यालयले नयाँ लाइसेन्सतर्फ छ हजार ४७९ जनाले निवेदन दिएकामा दुई हजार ७१ जना उत्तीर्ण भई नयाँ लाइसेन्स लिएका छन्। नयाँ लाइसेन्सको लागि निवेदन शुल्कबापत ३२ लाख ३९ हजार पाँच सय र लाइसेन्स लिएबापत ३२ लाख ४६ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ। त्यसैगरी, लाइसेन्समा वर्ग थपतर्फ एक हजार ३८९ जनाले निवेदन दिएका थिए, जसमध्ये ४९१ जनाले उत्तीर्ण भई लाइसेन्सको वर्ग थप गराएका छन्।
वर्ग थप निवेदनबाट छ लाख ९४ हजार ५०० राजस्व सङ्कलन भएको छ भने वर्ग थपसहितको लाइसेन्स लिनेहरूबाट दुई लाख ४५ हजार ५०० राजस्व सङ्कलन भएको कार्यालय प्रमुख महम्मद नवाज हुसेनले जानकारी गराए।
सबै थरी लाइसेन्स वितरणबाट मात्रै ७४ लाख २६ हजार राजस्व सङ्कलन भएको छ भने अन्य सेवा दिएबापत सबैभन्दा बढी राजस्व सङ्कलन भएको उनले बताए। लाइसेन्स नवीकरणबापत ११ लाख २४ हजार राजस्व सङ्कलन भएको छ। लाइसेन्सतर्फ कुल ८५ लाख ५० हजार राजस्व सङ्कलन भएको छ भने सवारीतर्फ दुई करोड ४६ लाख ३२ हजार सङ्कलन भएको छ।
कलैयाको गङ्गापुरमा सो कार्यालय भए तापनि सेवाग्राहीहरू सङ्ख्या र कामको दायरा बढ्दै गएको उनले बताए। मकवानपुर, बाराको निजगढ, पथलैया, सिमरालगायतका सेवाग्राहीको लागि अहिले पनि वीरगंज सुगम भएपनि पछिल्लो समय कलैयामा यो कार्यालय सञ्चालनमा आएपछि सेवाग्राहीहरूले यहींबाटै सेवा लिन चाहेका छन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads