search

spot_img
spot_img

बाराको बायोटेक डिस्टिलरी बन्द, धर्नामा मजदूर

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २४ असार/
बाराको प्रसौनी गाउँपालिका–१ प्रसौनीस्थित बायोटेक डिस्टिलरी प्रालिका मजदूरहरू धर्नामा बसेका छन्। असार १९ गतेदेखि उद्योग व्यवस्थापन पक्षले आर्थिक मन्दीको कारण उद्योग सञ्चालनमा समस्या आई मजदूरहरूलाई तलबभत्ता खुवाउनसमेत नसकेको अवस्था देखाउँदै उद्योग बन्द भएको बेहोरासहितको सूचना टाँस गरी उद्योग बन्द गरेपछि रोजगारको माग गर्दै मजदूरहरू धर्नामा बसेका छन्।
असार २० गतेदेखि उद्योगमा कार्यरत २३ जना अस्थायी कामदार उद्योगको मुख्यद्वारमा टेन्ट गाडेर धर्नामा बसेका छन्। माओवादीनिकट अखिल नेपाल औद्योगिक मजदूर सङ्घ, बायोटेक डिस्टिलरी एकाइ अध्यक्ष् वीरेन्द्रप्रसाद साहले विनासूचना अचानक उद्योग बन्द गरिएको सूचना टाँस भएपछि आफूहरू मर्कामा परेको बताए। उनले उद्योग सञ्चालन गर्न र आपूmहरूको रोजगार सुनिश्चित गर्न माग गरे।
उद्योगले असार १८ गतेसम्मको तलबभत्ता र उपदानसमेत नदिएको उनले बताए। यस विषयमा उद्योगका सञ्चालक श्याम श्रेष्ठले महीनामा तीन/चार दिन मात्र उद्योग चल्दा घाटामा गएको कारण बन्द गर्नुको विकल्प नरहेको बताए। उनले मजदूरहरूको बाँकी तलबभत्ता र उपदान पछि दिनेगरी उद्योग बन्दको सूचना टाँस गरिएको बताए।
विगत ३० वर्षदेखि सञ्चालनमा रहेको सो उद्योगमा हालसम्म १०–१५ जना सञ्चालक फेरिएका छन्। उद्योगले उत्पादन गरेको मदिरा बजारमा बिक्री वितरणमा समस्या भएपछि उद्योग घाटामा गएको हो। बारामा बारा डिस्टिलरी र बायोटेक डिस्टिलरी सञ्चालनमा रहेका र बायोटेक बन्द भएपछि अब बारा डिस्टिलरी मात्र सञ्चालनमा रहेको छ।
बायोटेकमा १४ महिला र नौ पुरुष गरी २३ जना मजदूर कार्यरत छन्। सो उद्योगले ३६५ भोडका, अरेन्ज, चार्जर, तूफान नामक मदिरा उत्पादन गर्दै आएको थियो।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

सखुवाप्रसौनी गापाबाट १९३ बोरा रासायनिक मल छापा मारी बरामद

वीरगंज, २९ साउन । जिल्ला प्रहरी कार्यालय, पर्साले १९३ बोरा रासायनिक मल सखुवाप्रसौनी गाउँपालिकाबाट एकजनाको घरबाट लुकाइराखेको अवस्थामा बरामद...

सम्बन्धित खबर

- Advertisement -neelambads