search

spot_img
spot_img

श्रीसिया बन्दरगाहद्वारा ४६ अर्ब राजस्व सङ्कलन

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २५ असार/
वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाह कार्यालयले चालू आव २०८०/८१ को असार २४ गतेसम्म ४६ अर्ब १७ करोड १९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको छ।
कार्यालयले सोही अवधिसम्म ६५ अर्ब ९४ करोड एक लाख २२ हजार लक्ष्य पाएकोमा ७०.०२ प्रतिशत अर्थात् ४६ अर्ब १७ करोड १९ लाख ३३ हजार राजस्व सङ्कलन गरेको हो। जबकि गत आव २०७९/८० मा सोही अवधिसम्म भन्सार कार्यालयले कुल लक्ष्यको ६२.८८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको थियो। त्यस बेला कार्यालयले ६७ अर्ब ४३ करोड ८६ लाख ९४ हजार लक्ष्य पाएकोमा रु ४२ अर्ब ४० करोड २२ लाख ९३ हजार मात्र राजस्व सङ्कलन गरेको थियो।
गत आवको राजस्व सङ्कलनमा ५२ प्रतिशत बढाएर भन्सार विभागले चालू आवमा ६५ अर्ब ९४ करोड एक लाख २२ हजार राजस्व लक्ष्य निर्धारण गरेकोले चालू आवमा लक्ष्य भेटाउन समस्या भएको भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकारी सुशील शर्माले बताए। कार्यालयले चालू आवको साउनमा चार अर्ब २४ करोड ६३ लाख ३५ हजार लक्ष्य पाएकोमा ९६.०१ प्रतिशत अर्थात् चार अर्ब सात करोड ६९ लाख ९५ हजार, भदौमा पाँच अर्ब ३७ करोड २८ लाख १८ हजार लक्ष्य पाएकोमा ८५.१५ प्रतिशत अर्थात् चार अर्ब ५७ करोड ५० लाख ६४ हजार, असोजमा पाँच अर्ब ८९ करोड छ लाख ७२ हजार राजस्व लक्ष्य पाएकोमा ७४.५२ प्रतिशत अर्थात् चार अर्ब ४६ करोड ४१ लाख ७३ हजार राजस्व सङ्कलन गरेको थियो।
त्यसैगरी, कात्तिकमा पाँच अर्ब ३९ करोड १० लाख ८९ हजार लक्ष्य पाएकोमा ६७.४६ प्रतिशत अर्थात् तीन अर्ब ६३ करोड ६९ लाख २३ हजार, मङ्सिरमा पाँच अर्ब ६५ करोड ६१ लाख ४८ हजार लक्ष्य पाएकोमा ७५.८२ प्रतिशत अर्थात् चार अर्ब २८ करोड ८५ लाख १८ हजार, पुसमा पाँच अर्ब ६२ करोड १० लाख ३६ हजार राजस्व लक्ष्य पाएकोमा ६६.८२ प्रतिशत अर्थात् तीन अर्ब ७५ करोड ५८ लाख २४ हजार, माघमा पाँच अर्ब ३५ करोड ८९ लाख दुई हजार लक्ष्य पाएकोमा ६९.८८ प्रतिशत अर्थात् तीन अर्ब ७४ करोड ४७ लाख ५४ हजार राजस्व सङ्कलन भएको थियो। त्यसैगरी, फागुनमा पाँच अर्ब ७९ करोड ७६ लाख ५४ हजार लक्ष्य पाएकोमा ६२.४५ प्रतिशत अर्थात् तीन अर्ब ६२ करोड चार लाख ४६ हजार, चैतमा पाँच अर्ब ३२ करोड ९१ लाख २६ हजार लक्ष्य पाएकोमा ८०.४७ प्रतिशत अर्थात् चार अर्ब २८ करोड ८२ लाख ४० हजार, वैशाखमा पाँच अर्ब ५० करोड ८३ लाख ४५ हजार राजस्व लक्ष्य पाएकोमा ६५.१३ प्रतिशत अर्थात् तीन अर्ब ५८ करोड ७४ लाख एक हजार, जेठमा छ अर्ब चार करोड ९९ लाख ८७ हजार लक्ष्य पाएकोमा ६०.७४ प्रतिशत अर्थात् तीन अर्ब ६७ करोड ४७ लाख ३२ हजार र असारमा पाँच अर्ब ६१ करोड ८० लाख लक्ष्य पाएकोमा असार २४ गतेसम्म ४३.७७ प्रतिशत अर्थात् दुई अर्ब ४५ करोड ८८ लाख ६३ हजार गरी कुल ४६ अर्ब १७ करोड १९ लाख ३३ हजार राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ।
चालू आवमा सबैभन्दा कम असार, जेठ, फागुनमा राजस्व सङ्कलन भएको छ भने साउन, भदौ, असोज, मङ्सिर, चैत, माघमा बढी राजस्व सङ्कलन भएको देखिएको छ। कार्यालयका सूचना अधिकारी शर्माले गत आवभन्दा चालू आवमा मालवस्तुको आयात परिमाण घटे पनि राजस्व वृद्धि भएको बताएका छन्। गत आवभन्दा चालू आवमा झन्डै १० प्रतिशतभन्दा बढी अर्थात् चार अर्बभन्दा बढी राजस्व सङ्कलनमा वृद्धि भएको उनले बताए।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

मधेश प्रदेश सरकारद्वारा उच्च आन्तरिक राजश्व संकलन

जनकपुरधाम २८ साउन । आर्थिक वर्ष ०८१ / ८२ मा ५ अर्व ५४ करोड ७२ लाख ३३ हजार रुपैया...

सम्बन्धित खबर

- Advertisement -neelambads