search

spot_img
spot_img

कोइला वीरगंज आउन थालेपछि भारतीय रेलवेले लोडिङमा प्रतिबन्ध लगाउँदै

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २५ असार/ भारतीय रेलवेले वीरगंजस्थित सुक्खा बन्दरगाहसम्म आउने रेलहरूलाई कटौती गर्दै लोडिङमा प्रतिबन्ध लगाउँदै आएको छ। रक्सौलको लुज कार्गोको ह्यान्डलिड्ढो व्यापार प्रत्यक्षरूपमा श्रीसिया बन्दरगाह भन्सार कार्यालयमा स्थानान्तरण भएकोले बन्दरगाह भन्सार कार्यालयलाई असफल पार्नको लागि भारतीय रेलवेले विभिन्न बहानाबाजी गर्दै यस्तो प्रतिबन्ध लगाउँदै आएको छ। गत जून ८ देखि ११ सम्म चार दिन, जून २० देखि २५ सम्म छ दिन र जुलाई २ देखि ७ सम्म छ दिन गरी दुई महीनाको अवधिमा तीनपटक प्रतिबन्ध लगाइसकेको छ। यस अवधिमा मालवस्तु रोकेर भारतका विभिन्न बन्दरगाहबाट रेलगाडी ल्याउन नसकिएको हो। महीनामा १० दिनभन्दा बढी प्रतिबन्ध लाग्दा आपूmहरूलाई समस्या भएको सुक्खा बन्दरगाह सञ्चालन गर्ने प्रिन्सिटन भ्यालीले जनाएको छ।
यस अघि वीरगंज नाका भएर भित्रिने कोइला, जिप्सन, प्लाइएस, क्लिङ्करलगायत लुज कार्गो रक्सौलकै लुज कार्गो यार्डमा अनलोड भई ह्यान्डलिङ हुँदै आएको थियो भने केही वर्षदेखि वीरगंजस्थित श्रीसिया सुक्खा बन्दरगाहमा लुज कार्गो यार्ड र ट्र्याक निर्माण भइसकेपछि अहिले भारतका विभिन्न राज्यबाट कोइला लोड भएर बन्दगाह भन्सार कार्यालयमा सीधा आउने गरेको छ। जसले गर्दा नेपाली व्यवसायीलाई कोइलाको ढुवानी भाडा कम पर्छ र त्यही कोइला सडकमार्गबाट भित्र्याउँदा महँगो पर्न जान्छ।
तर भारतीय रेलवेले कहिले डबल लाइनको काम भइरहेको छ, कहिले ट्र्याकको मरम्मत भइरहेको छ, कहिले बाढीले क्षति पुर्याएको छ भन्दै कोइला लोडमा प्रतिबन्ध लगाउँदै आएको छ, जसले गर्दा प्रिन्सिटन भ्यालीको मासिक लक्ष्य र काममा पनि असर पारिरहेको बताइएको छ। भरतीय रेलवेको यस्तो रवैया सुधार गर्न नेपालको माथिल्लो निकायले भारतीय माथिल्लो निकायसँग समन्वय र सहकार्य गरी पहल गर्न प्रिन्सिटन भ्याली ड्राइपोर्ट प्रालि वीरगंजका चिप अपरेशन अधिकृत अतुल शर्माले माग गरे।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads