search

जहाँ बढी पैसा पाइन्छ, नापीका अमिनहरू उतै खट्छन्

पढ्न छुटाउनुभयो ?

परवानीपुर, २५ असार/ नापी कार्यालय, पर्सा मातहत काम गर्ने विभिन्न फाँटका अमिनहरू कार्यालयको नियम मिचेर आर्थिक प्रलोभनमा परी काम गर्ने गरेको गुनासो बढेको छ।
सेवाग्राहीहरूले जग्गा नापजाँचको लागि रसीद कटाएर महीनौं बितिसक्दा पनि जग्गा नापजाँचमा अमिनहरू नआउने गरेको गुनासो गरेका छन्। तर जसले सबै प्रक्रिया पूर्याएर बढी पैसा दिएर अमिनलाई लैजान चाहन्छ, उसको जग्गा चाँडै नापिन्छ। अर्थात् अमिनहरूको मनपरीका कारण पर्सा जिल्लाका सेवाग्राहीहरू मर्कामा परेका छन्। अमिनहरूले जग्गा नापजाँच गर्न हतपत मिति नै तोक्दैनन् सर्वसाधारण सेवाग्राहीहरू गुनासो गर्छन्।
सेवाग्राहीका अनुसार दुई/तीन घण्टा जग्गा नापजाँच गर्न जाने अमिनहरूले पाँच हजारदेखि १० हजार रुपैयाँ नजराना लिन्छन्। शनिवार दुई/तीन वटा जमीन नापी गरेर अमिनहरूले मोटो रकम लिने गरेका सेवाग्राहीहरू बताउँछन्। पैसा र पहुँच हुनेहरूले एक दिनमैं नापी कार्यालयका सबै काम गराउन सक्छन् भने पैसा र पहुँच नहुनेहरूको महीनौं धाइराख्दा पनि काम नहुने पीडितहरू बताउँछन्।
यस सम्बन्धमा नापी कार्यालय, पर्साका प्रमुख राकेशकुमार झाले आपूmले कार्यालयका सबै कर्मचारीलाई कडा निर्देशन दिएको र यदि कसैले कार्यालयको नियमविपरीत शुल्क उठाएको गुनासो आए कारबाई गर्ने बताए। सेवाग्राहीहरूले आफ्नो जग्गाको समस्याबारे खुलेर कार्यालय प्रमुखसँग नभन्ने गरेकाले पनि यस्तो विकृति मौलाएको कार्यालय स्रोतको दाबी छ। कार्यालय प्रमुख झाले कर्मचारीहरूलाई सच्चिन आग्रह गर्दै यदि कसैले प्रमाणसहित उजूरी गरे विभागीय कारबाईको लागि सिफारिश गर्ने बताए।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads