search

spot_img
spot_img

मधेश र कोशीलाई मर्ज गरे पनि हुन्छ-पूर्व मुख्यमन्त्री कार्की

पढ्न छुटाउनुभयो ?

वीरगंज,२७ असार: कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले मधेस प्रदेश र कोशी प्रदेशलाई एउटै प्रदेश बनाउँदा हुने बताएका छन् ।
वीरगंजमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमुख्यमन्त्री कार्कीले मधेस पहाड हिमालको समानान्तर विकासका लागि कोशी र मधेसलाई एउटा प्रदेश बनाउनुपर्ने बताए ।
मधेस प्रदेश र कोशी प्रदेशलाई एउटा प्रदेश बनाउँदा कोशी प्रदेशमा भएका पहाडी र हिमाली जिल्लाहरु पनि मधेससँग जोडिने र यसले संघीयता पनि बलियो हुने र काठमाडौंलाई पनि दबाव दिन सकिने धारणा व्यक्त गरे ।
नेपालको वर्तमान राजनीतिक अवस्थाको बारेमा बोल्दै पूर्वमुख्यमन्त्री कार्कीले सरकार गठनको बारेमा अदालतले स्थापित गरेको नजिर अनुसार नै अबको सरकार गठन हुने बताए । संविधानको विषयमा व्याख्या गर्ने संविधानविदहरु पनि अहिले विभाजित भएको अवस्थामा प्रदेश सरकारहरुको गठन सम्बन्धमा गरिएको फैसलाहरुले पनि अबको सरकार धारा ७६ को २ बाटै बन्छ भन्नेमा विश्वस्त रहेको बताए। तर, यसले विकास र अधिकारको एजेण्डा भने नबोक्ने बताए ।
काठमाडौंले बाहिर अधिकार दिने मानसिकता नरहेको उहाँले बताए । संघीय सरकारले संविधान कार्यान्वयन भन्दापनि सरकार बनाउने र ढाल्ने खेलमा मात्रै अल्झि रहेको टिप्पणी गरे ।
नेपाल प्रेस युनियन पर्साका अध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारी, पत्रकार महासंघका केन्द्रीयसचिव दीपेन्द्र चौहान लगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

एएफसी महिला एसियन कपः नेपालद्वारा लाओस पराजित

काठमाडौँ, १५ असारः उज्वेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोट अन्तर्गत लाओसविरुद्धको खेलमा नेपाल विजयी भएको छ । नेपालले...

सम्बन्धित खबर

- Advertisement -neelambads