search

spot_img
spot_img

मुस्कान खातुनमाथि बनेको चलचित्र भदौ ७ गते प्रदर्शन हुने

पढ्न छुटाउनुभयो ?

वीरगंज, ३ भदौ ।
मुस्कान खातुनसहित तेजाब आक्रमणबाट बाँचेका पात्रहरूको जीवनीमा आधारित चलचित्र ‘नमेटिने घाउ’ भदौ ७ गतेदेखि प्रदर्शन हुने भएको छ। शनिवार आदर्शनगरस्थित होटल कन्ट्री इनमा पत्रकार सम्मेलन गर्दै चलचित्र निर्माताले चलचित्रबारे जानकारी गराएको छ।

अभिनेता रमित ढुङ्गानाको निर्माण एवं निर्देशनमा निर्मित चलचित्र ‘नमेटिने घाउ’ मा वीरगंजकी मुस्कान खातुनसहित ३३ जना एसिड पीडितको कथा छ। विभिन्न समय र स्थानमा भएका एसिड आक्रमणको सत्य घटनालाई चलचित्रमार्फत पस्केर समाजमा सन्देश दिने उद्देश्यले फिल्ममा धेरै मेहनत र लगानी लागेको निर्देशक रमित ढुङ्गानाले बताए। तेजाब आक्रमणका कारण भोग्नुपरेका पीडा फिल्ममार्फत देखाएपछि समाजमा सकारात्मक परिवर्तन ल्याउनुका साथै एसिडसम्बन्धी नीति निर्माणमा पनि सघाउ पुग्ने उनले बताए।

चलचित्रमा एसिड आक्रमण गर्नेहरूले पाउने दण्ड सजायलगायत विषय प्रस्ट देखाइएका कारण यस्ता घटनामा कमी आउने मुस्कान खातुनले बताइन्। शिवम् अधिकारीले लेखेको कथालाई ढुङ्गानाले नै निर्माण र निर्देशन गरेका हुन्। फिल्ममा प्रधानमन्त्री केपीशर्मा ओलीको भूमिका पनि छ। पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहित पूर्व शिक्षामन्त्री देवेन्द्र खनाल, प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाही, जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल अतिथि कलाकारमा छन्।

चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबू लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्रसिंह कुशवाहा, लालना चिमोरिया, स्वस्तिमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन्।
चलचित्रको ट्रेलर यस अघि नै सार्वजनिक भइसकेको छ, जसलाई धेरै दर्शकले रुचाएका छन्। दर्शकहरूले सकारात्मक प्रतिक्रिया दिंदै न्यायका लागि वकालत गर्न फिल्मबाट सघाउ पुग्ने निर्देशक ढुङ्गानाले बताए।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads