search

spot_img
spot_img

मियाँको मृत्युमा प्रहरीको कमजोर अनुसन्धान

पढ्न छुटाउनुभयो ?

प्रस, वीरगंज, ५ भदौ/
वीरगंज महानगरपालिकाका सूचना प्रविधि शाखामा कार्यरत फैजल मियाँको मृत्यु सम्बन्धमा थप केही कुरा बाहिर आएको छ।
फैजल मियाँको दुर्घटनामा मङ्गलवार बिहान उपचारको क्रममा मृत्यु भएको थियो। साउन ३१ गते राति ११ः३३ बजे वीरगंज महानगर–१६ माइधिया पोखरी नजीकै तीव्र गतिमा रहेको कार एक्कासि रोकिंदा पछाडिबाट आइरहेको मियाँ सवार मोटरसाइकल ठोकिएको थियो। मियाँसहित सो मोटरसाइकलमा तीनजना थिए। तर प्रहरीले दुईजनालाई मात्र सार्वजनिक गरेको छ। मोटरसाइकल चालक सशस्त्र प्रहरीका जवान भएको र उनी घटनामा सामान्य घाइते भएको र उनैले मियाँ र अर्का जयमङ्गलप्रसाद गुप्तालाई उद्धार गरेका थिए।
प्रहरीले यो घटनामा तेस्रो व्यक्तिलाई लुकाउनुको कारण बुझि नसक्नु छ। सिसिटिभी फुटेजमा स्पष्टतः दुर्गटनाग्रस्त मोटरसाइकलमा तीनजना देखिएका छन्।
यसैगरी यो घटनामा भारतीय नम्बरको कारबाट एकजना युवतीले गाडी चलाउन सिकिरहेको कुरा बाहिरिएको छ। सो कारमा पनि बाँकी दुईजनाबारे खुलिसकेको छैन। प्रहरीले घटनास्थलबाट सोही दिन एकजना युवती र अर्का एकजना युवकलाई पक्राउ गरेको थियो।
उपचारको क्रममा मियाँको अवस्थामा सुधार भएको बुझेर प्रहरीले सोमवार राति हाजिरी जमानीमा परिवारको जिम्मा लगाएको थियो।
मियाँको मृत्यु भएपछि दुवैजना फरार भएका थिए। तर प्रहरीले श्रीपुरबाट युवतीलाई सोही दिन पक्राउ गर्न सफल भए पनि युवक भने अहिलेसम्म फरार छन्।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

कन्या माविमा लागूऔषधविरुद्ध सचेतना कार्यक्रम

वीरगंज, १९ असार । आमा नेपाल फाउन्डेसन पर्साले कन्या माविमा लागुऔषध दुर्वयसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको सम्पन्न गरेको...

सम्बन्धित खबर

- Advertisement -neelambads