search

spot_img
spot_img

ब्रिटानियाद्वारा स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेशिन सहयोग

पढ्न छुटाउनुभयो ?

वीरगंज, ५ भदौ/
वीरगंज महानगर–२१ लिपनी बिर्तास्थित स्वास्थ्यचौकी परवानीपुरलाई बहुर्राष्ट्रिय बिस्कुट कम्पनी ब्रिटानिया नेपाल प्रालि परवानीपुरले एक थान भिडियो एक्सरे मेशीन सहयोग प्रदान गरेको छ।
सामाजिक उत्तरदायित्व शीर्षक अन्तर्गत करीब १० लाख पर्ने उक्त मेशीन आज एक समारोहबीच स्वास्थ्य चौकीका इन्चार्जलाई हस्तान्तरण गरिएको थियो। वडाध्यक्ष राधाकृष्ण साह रौनियारको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि एवं ब्रिटानिया नेपाल प्रालिका महाप्रबन्धक सन्दीप बंसल, कारखानाका मानव संसाधन प्रबन्धक विनोद साह, वडासदस्य इन्द्रदेव महतो, दलित महिला सदस्य पतिया देवी, स्थानीय जवाहिर कुशवाहा, भोजमहतो कोइरी, हरिहरसाह तेली, कैलाश कुशवाहा, हृदयनारायण कुशवाहा, राजन पटेल, कृष्ण कुशवाहालगायतको सहभागिता थियो।
यस अघि, सो उद्योगले करीब पाँच लाखको खर्चमा २१ नं. वडाकै परवानीपुरस्थित नेराआवि परवानीपुरमा पक्की शौचालय र दुईवटा बाल विकासको कोठा आवश्यक शैक्षिक सामग्रीसहित मरम्मत सम्भार गरेको थियो। त्यसैगरी, अघिल्लो आव २०८०/८१ मा सोही विद्यालयको दुई सय विद्यार्थीको पोशाक र स्वास्थ्य चौकीको लागि अढाई लाख पर्ने इन्भर्टर पनि सहयोग गरेको थियो।
स्वास्थ्य चौकीमा चौबीस घण्टे बर्थिङ सेन्टरको सुविधासहित एम्बुलेन्स र भिडियो एक्सरे मेशिनलगायतले परवानीपुर आसपासका बिरामीहरूको लागि सहज हुने विश्वास गरेको छ।
स्वास्थ्य चौकीलाई एम्बुलेन्स हिमालयन डिस्टिलरी लिमिटेडले गत वर्ष सहयोग गरेको थियो भने एक हप्ताभित्रै स्वास्थ्य चौकीमा प्रयोगशालासमेत सञ्चालनमा ल्याउने तयारी रहेको वडाध्यक्ष रौनियारले बताए।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads