search

spot_img
spot_img

मर्का परेका शिक्षकहरूले महासङ्घमा निवेदन दिंदै

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० भदौ । वीरगंज महानगरको शैक्षिक प्रशासन महाशाखाले गरेको दरबन्दी मिलानबाट मर्कामा परेका शिक्षक, शिक्षिका, बालविकास सहजकर्ता एवं कार्यालय सहयोगी कर्मचारीले बुधवारदेखि नेपाल शिक्षक महासङ्घ पर्साको वीरगंज–२४ रामगढवास्थित कार्यालयमा निवेदन दर्ता गराउन थालेका छन् । महासङ्घ वीरगंज महानगरका पदाधिकारीसँग हिजो मङ्गलवार भएको सहमति अनुसार मर्कामा परेका शिक्षकहरूको निवेदन सङ्कलन गर्ने सहमति भएकोले उक्त निवेदन दर्ता गर्ने कार्य शुरू भएको हो ।
भदौ १९ देखि २१ गतेसम्म निवेदन दर्ता गरी मर्कामा परेका शिक्षकहरूको माग सम्बोधन गर्न महानगरका जनप्रतिनिधि एवं शैक्षिक प्रशासन महाशाखाका अधिकारीबीच वार्ता हुने सहमति भएको छ । अपराह्न साढे ४ देखि साँझ साढे ७ बजेसम्म निवेदन दर्ता भइरहेको नेपाल शिक्षक महासङ्घ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए ।
आज पहिलो दिन २५ जनाभन्दा बढी शिक्षकले निवदेन दर्ता गराएका छन् भने बिहीवार र शुक्रवार थप निवदेन दर्ता हुनेछन् । महासङ्घले निवेदनको ढाँचासमेत उपलब्ध गराएको छ । कुन कारणले अपायक वा सरुवा गरिएको विद्यालयमा जान अप्ठेरो परेको हो भन्नेबारे निवेदनमा खुलाउनुपर्छ ।
यस अघि वीरगंज महानगरका प्रावि, निमावि र मावि तहका ४६८ जना शिक्षक, कर्मचारीको सरुवा गर्दै दरबन्दी मिलान गरिएको दाबी गरिएको छ । शैक्षिक प्रशासन महाशाखा वीरगंज महानगरका प्रमुख अरविन्दलाल कर्ण संयोजक रहेको तीन सदस्यीय समितिमा विनोद मेहता र हरेन्द्र चौरसिया सम्मिलित टोलीले दरबन्दी मिलानको कार्य गरेको थियो ।
जसको केही दिनपछि नेपाल शिक्षक महासङ्घ वीरगंज समिति र महासंघ पर्सा समितिले संयुक्तरूपमा विरोध जनाउँदै आन्दोलनमा उत्रिने चेतावनी दिएपछि वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले वार्तामार्फत समस्या समाधान गर्ने प्रयास गरेका थिए । सो प्रयासपछि आन्दोलित शिक्षक महासङ्घ वीरगंज महानगर समिति र महानगरका पदाधिकारीबीच हिजो वार्ता भई मर्कामा परेका शिक्षकरूको निवेदन लिन थालिएको हो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

खानेपानी मन्त्री यादवद्वारा वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण

वीरगंज, २० असार । खानेपानी मन्त्री प्रदीप यादवले वीरगंज महानगरपालिकालाई दुर्ई थान पिकअप गाडी हस्तान्तरण गरेका छन् । खानेपानी...

सम्बन्धित खबर

- Advertisement -neelambads