search

spot_img
spot_img

रास्वपा उपसभापति वाग्लेको टिप्पणी-पुराना दलको नीति दस्तावेजमा समाजवाद, व्यवहारमा आसेपासे पूँजीवाद  

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

वीरगंंज, २१ भदौ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति एवम् सांसद स्वर्णीम वाग्लेले पुराना राजनीतिक दलहरुको दस्तावेजमा समाजवाद भए पनि व्यहारमा आसेपासे पूँजीवाद रहेकाले अपेक्षित विकास र समृद्धि हुन नसकेको टिप्पणी गरेका छन् ।
रास्वपा पर्साले आज वीरगञ्जमा आयोजना गरेको ‘आर्थिक मन्दी र अर्थराजनीतिक निकास’ विषयक अन्तरक्रियामा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्लेले आसेपासे पूँजीवादको असंगति हटाउन आफूहरुको शक्ति नपुगेको पनि बताए । मिसन २०८४ मा त्यो राजनीतिक ताकत आर्जन गरेर देशलाई आर्थिक विकासको तीव्र गतिमा दौडाउने दाबी पनि उनले गरे ।
वीरगञ्जका उद्यमी व्यापारीले अर्थतन्त्रका सुक्ष्म सरोकारहरुलाई मिहीन ढंगले बुझेको भन्दै वीरगञ्ज क्षेत्रबाट आउने सुझावहरु वास्तविक र यथार्थ धरातलमा आधारित हुने बताए । राजनीतिक सुशासन र राजनीतिक गतिशीलता अहिलेको आवश्यकता भएको औंल्याउँदै वाग्लेले अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक सरोकार सुध्रिन नसकेको पनि बताए ।
नेपालले स्वच्छ उर्जा, पर्यटन, उच्च मूल्ययोगको कृषि, पुनरऔद्योगिकीकरणमा काम गर्न सक्ने सम्भाव्यता उनले देखाए । कार्यक्रममा मधेश विश्वविद्यालयका उपकुलपति प्राडा। दीपक शाक्यले अर्थनीतिको स्थायित्वमा जोड दिए । बाहिरी देशमा सीप र पूँजी आर्जन गरेर नेपालमै आएर काम गर्न चाहानेहरुलाई राज्यले सहजीकरण गर्नुपर्ने उनको धारणा थियो ।
नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानीले बजेटमा घोषणा भएका कुरा कार्यान्वयन नभएको भन्दै विकासका अवसहरुमा मधेशलाई विभेद गरिएको आरोप लगाए । निवर्तमान अध्यक्ष गणेश लाठले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन चुनौती भएको बताए ।
विश्लेषक जगदीशप्रसाद अग्रवालले अर्थनीतिमा राजनीति सचेत हुन नसकेको भन्दै उत्पादनका क्षेत्रमा के गर्ने र के नगर्ने भन्नेमा स्पष्ट हुन आग्रह गरे । जलविद्युतलाई औद्योगिकीकरणमा जोड्न सकिने भए पनि त्यसमा राज्यको ध्यान नगएको बताए । प्राडा प्रमोद सर्राफले राज्यका प्रमुख अंगहरु जिम्मेवार र सन्तुलित भएमात्रै देशमा आर्थिक विकासले गति लिने दाबी गरे ।
रास्वपा पर्साका संयोजक हरि पन्तको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य डा। सुवोधकुमार गुप्ताले अहिले उद्योगको उत्पादन क्षमताको ४० प्रतिशतमा खुम्चिएको बताए । सरकारले सीमा क्षेत्रमा तस्करीको समस्या देखाउने, तर विकल्प दिन नसकेको टिप्पणी उनले गरे ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले निजीक्षेत्रले दिएका सुभावको कार्यान्वयनमा सरकार उदासीन देखिएको बताए । सरकारी नीति ठिक नभएकाले उद्योग व्यापार क्षेत्र खुम्चिएको उनको दाबी थियो ।
कार्यक्रममा संघका उपाध्यक्ष माधव राजपाल, मनोज दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, डा। दीपेन्द्र चौधरी, राजेन्द्र कोइराला, विनोद गुप्ता, पत्रकार राजु श्रेष्ठ, ध्रुव साह, तुलसी भण्डारी, रास्वपा मधेश प्रदेश सञ्चार अभियानका संयोजक राम सर्राफलगायतले धारणा राखेका थिए ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोल्डेनको हत्याको आरोपमा थप एकजना बालक पक्राउ

वीरगंज, २२ असोज । जिल्ला प्रहरी कार्यालय, पर्साले गोल्डेन भन्ने शिवम साह कानूको हत्यामा संलग्न थप एकजना बालकलाई पक्राउ...

सम्बन्धित खबर

- Advertisement -neelambads