search

spot_img
spot_img

वीरगंजमा प्याब्सन विद्यालयहरूको लोकनृत्य प्रतियोगिता

पढ्न छुटाउनुभयो ?

वीरगंज, ७ कात्तिक/
प्याब्सन पर्साको आयोजनामा यही शुक्रवार बिहान ११ देखि साँझ ५ बजेसम्म लोकनृत्य प्रतियोगिता आयोजना हुने भएको छ ।

प्याब्सन वीरगंजसँग आबद्ध २३ वटा विद्यालयको सहभागितामा वीरगंज नगर सभागृहमा आयोजना हुने प्रतियोगितामा नेपालीका विभिन्न समुदायका चाडपर्वमा प्रस्तुत हुने सांस्कृतिक कार्यक्रमलाई प्रस्तुत गरी एकापसमा प्रतिस्पर्धा गराइने कार्यक्रम रहेको बुधवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

लिटिल एन्जल्स मावि आदर्शनगरमा भएको कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधानले प्याब्सनमा आबद्ध विद्यालयहरूको यस्तो कार्यक्रमले नेपाली लोक गीत, सङ्गीतको जगेर्नामा मदत पुग्ने बताए । नयाँ पुस्ताले पुराना रीतिरिवाज, संस्कृतिलाई नजीकबाट अनुभूति गर्न पाओस्, त्यस कारण यस्तो कार्यक्रम आयोजना गरिएको उनले प्रकाश पारे । निश्शुल्क प्रवेश रहेको सो कार्यक्रममा विकन, जीवनज्योति, कञ्चनजङ्घा, माउन्ट मकालु, मूनलाइट, मनकामना, लिटिल प्mलावर, गुरुकुल, ज्ञानदा, साउथजोन, गोल्डेन फ्युचर लगायत विद्यालयहरूको सहभागिता छ ।

प्रतियोगिताका विजेता, उपविजेता, तेस्रो, चौथो र पाँचौं स्थान हासिल गर्नेलाई ट्रफीसहित पुरस्कृत गर्ने कार्यक्रम छ । प्रतियोगिताको निर्णायकमण्डल काठमाडौंबाट आउनेछ ।

प्याब्सन नगर अध्यक्ष एवं कार्यक्रम संयोजक आलोक चौरसियाको अध्यक्षता एवं शिक्षक अशोक सङ्ग्रौलाको सहजीकरणमा भएको कार्यक्रममा प्याब्सन पर्साका वरिष्ठ उपाध्यक्ष्F सरोजप्रसाद चौधरी, उपाध्यक्ष शिवजी गुप्ता, कोषाध्यक्ष रामकिशोर यादवलगायतको सहभागिता थियो ।

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads