अपांगलाई उपकार सेवा नेपालद्वारा व्हिल चेयर सहयोग

वीरगंज ९ कात्तिक । उपकार सेवा नेपालले एकजना अपांगलाई व्हिल चेयर प्रदान गरेको छ । बिगत लामो समयदेखि शारीरिक रूपले अशक्त रहेका व्यक्तिलाई सो संस्थाले व्हिल चेयर प्रदान गरेको हो ।
उपकार सेवा नेपाल संस्थाकी अध्यक्ष बिद्या कुमारी सरावगीले वीरगंज महानगरपालिका वडा नं. १६ नगवा नयाँ बस्ती घर भएका २० वर्षीय पूर्ण अपांगतालाई व्हिल चेयर प्रदान गरेको उपकार सेवा नेपाल संस्था एवं सामाजिक अभियन्ता प्रकाश थारूले जानकारी दिराएका थिए । उनलाई घरमै पुगेर उक्त व्हिल चेयर प्रदान गरिएको थियोे ।
सामाजिक अभियन्ता प्रकाश थारुले समाजमा गरीब दिनदुखी एवं स्कुलका बालबालिका, वृद्ध अशक्तलाई संस्थाले सहयोग गरिरह हरदम हरपल सहयोग गरिरहने बताए ।
सम्बन्धित पोस्टहरुः