search

spot_img
spot_img

बहुदरमाईको ४९ करोड ९३ लाख ५३ हजारको बजेट प्रस्तुत

पढ्न छुटाउनुभयो ?

वीरगंज, ९ कात्तिक । पाँच महीना लामो विवादपछि बहुदरमाई नगरपालिकाको नगरसभा बिहीवार सम्पन्न भएको छ ।
असार १० गते सम्पन्न गर्नुपर्ने नगरसभा मसान्तसम्म विवादका कारण सम्पन्न हुन सकेन र अहिले पाँच महीना लामो समयावधिपछि आपसी सहमतिमा नगरसभा सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय बहुअरी पिडरीमा आज आयोजित ११औं नगरसभामा उपप्रमुख सुषमा कुशवाहाले आव २०८१/८० को लागि ४९ करोड ९३ लाख ५३ हजारको बजेट प्रस्तुत गरिन् ।
‘बहुदरमाईवासीको रहर ः स्वच्छ, सुरक्ष्Fित, समृद्ध नगर’ नाराका साथ आज सम्पन्न नगरसभामा उपप्रमुख कुशवाहाले प्रस्तुत बजेटमा सङ्घीय सरकारको समानीकरण अनुदान १२ करोड २९ लाख, सशर्त अनुदान १९ करोड २९ लाख नौ हजार, विशेष अनुदान एक करोड ५० लाख र सङ्घीय सरकारको बाँडफाँड राजस्वबाट नौ करोड ७१ लाख रहेको जानकारी गराइन् । उनले प्रदेश सरकारको समानीकरण अनुदान ८९ लाख चार हजार, सशर्त अनुदान ९५ लाख, विशेष अनुदान ३० लाख, समपूरक अनुदान २० लाख, राजस्व बाँडफाँडबाट ३० लाख ४० हजार र आन्तरिक स्रोत तीन करोड ५४ लाख ६० हजार र जिल्ला समन्वय तथा अन्य निकायबाट निकास मौज्दात ४९ लाख ९४ हजार, सडक बोर्ड सशर्त अनुदान ४० लाख, स्थानीय शासन तथा सामुदायिक विकास ५० लाख गरी कुल रु ४९ करोड ९३ लाख ३३ हजारको बजेट प्रस्तुत गरेकी थिइन् ।
बजेट प्रस्तुतीकरण कार्यक्रममा नगरप्रमुख सिंहासन साह तेलीले समन्वय हुन नसकेर असार मसान्तभित्र बजेट प्रस्तुत हुन नसकेको बताए । उनले नगरको विकासको लागि सबै जनप्रतिनिधि मिलेर लाग्नुपर्नेमा जोड दिए । उनले नपाले ल्याएको नीति तथा कार्यक्रम अन्तर्गत बजेट विनियोजन भएको र शिक्ष्Fा, स्वास्थ्य, कृषि, पर्यटनलगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको दाबी गरे । उनले उद्यमशीलता, सामुदायिक विद्यालयका छात्रालाई सेनिटरी प्याड वितरण, कृषि, भौतिक पूर्वाधार लगायतका विषयमा बजेट केन्द्रित रहेको बताए ।
उनकै अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेरे मुस्तुफा, जिन्सी शाखा प्रमुख रामबाबू पटेल, लेखाप्रमुख उपेन्द्र साह, लेखापाल हरि पटेललगायतको सहभागिता थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads