वीरगंजमा भेट्रान क्रिकेट सम्पन्न, एनआईले उपाधि जित्यो

1200x150_1200x150-01.jpg (1)
वीरगंज, २६ कात्तिक । वीरगंज भेट्रान्स फ्रेन्डली क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत ठाकुर राम बहुमुखी क्याम्पसको महिला छात्रावास खेलमैदानमा शनिवार चारवटा खेल सम्पन्न भई उपाधि एनआई हिरोजले जितेको थियो ।
एनआईले मुसर्रफ लेदर जाइन्ट्सलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको हो । १५ ओभरको निर्धारित खेलमा टस जितेर एनआईले १५ ओभर खेल्दै सात विकेटको क्षतिमा १२८ रन बनाएको थियो भने मुसर्रफ लेदरले १५ ओभरमा नौ विकेटको क्षतिमा ९८ रन मात्र बनाएको थियो ।
यस अघि लिग चरणमा मुसर्रफ लेदरले इस्माइल डेन्टललाई पराजित गरेको थियो भने एनआई हिरोजले इलेक्ट्रामेट सोलुशन प्रालिलाई पराजित गरेको थियो ।
आयोजक संस्था क्रिकेट सङ्घ, पर्साका सदस्य एकबाल अहमदको अध्यक्षता एवं वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्यानका केन्द्रीय प्रतिनिधि दाउद अन्सारीलगायतको सहभागिता थियो ।
सम्बन्धित पोस्टहरुः