search

spot_img
spot_img

नारायणी क्रिकेट मैदानमा जब अचानक पुगे मुख्यमन्त्री

पढ्न छुटाउनुभयो ?

वीरगन्ज,२८कार्तिक मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले वीरगन्जस्थित नारायणी क्रिकेट मैदानको निरीक्षण गरेका छन् । बुधबार नारायणी क्रिकेट मैदानको निरीक्षण गर्दै मुख्यमन्त्री सिंहले नारायणी क्रिकेट मैदानको संरक्षण र प्रबद्र्धनका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
यही क्रिकेट मैदानबाट खेलेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलहरु खेलेका खेलाडी उत्पादन भएको हुँदा यसको संरक्षण अपरिहार्य रहेको मुख्यमन्त्री सिंहले बताए । क्रिकेट मैदानको निरीक्षणपछि उनले भने, ‘यो एउटा ऐतिहासिक खेल मैदान हो । यसका लागि हाम्रो प्रदेश सरकार गम्भिर छ । हामीले निरन्तर रुपमा संघीय सरकारका खेलकुद मन्त्री लगायतसँग समन्वय र छलफल गरीरहेका छौँ ।’
संघीय सरकारबाट पनि यस आर्थिक वर्षमा बजेट बिनियोजन नभएकोमा दुःख व्यक्त गर्दै उनले सहयोग गर्ने दातृ निकाय तथा संघ संस्थासँग पनि खोजी र समन्वय भइरहेको बताए । उनकाअनुसार प्रदेश सरकारले पनि क्रिकेट खेल मैदानका लागि केही बजेट बिनियोजन गरेको छ ।
नारायणी क्रिकेट मैदानको वर्षाैदेखि अल्झिएको मुआब्जाको विषयलाई पनि आफ्नै पालामा समाधान गर्न पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । उनले भने, ‘आजै म काठमाण्डौ जाँदैछु, त्यसबेला पनि म खेलकुद मन्त्री ज्यूसँग भेटेरै मुआब्जाको फायल अर्थ मन्त्रालयमा पठाउनका लागि पहल गर्छु ।’
अहिले खेलाडीहरु राज्यको शुन्य लगानीमा आफ्नै बलबुँतामा उत्पादन भइरहेको सिंहको भनाई छ । राज्यले खेल क्षेत्रमा अपेक्षित लगानी नगरेको स्विकार गर्दै खेलाडीको प्रोत्साहन र खेलक्षेत्रमा आकर्षण बढाउनेतर्फ प्रदेश सरकारले काम गरीरहेको सिंहले बताए ।
प्रदेश सरकारको उपलब्ध स्रोत साधन र बजेटअनुसार काम गरिने उनले बताए । क्रिकेट मैदानका लागि अहिले थोरै बजेट भएपनि त्यो पर्याप्त नभएको हुँदा आगामी आर्थिक वर्षमा पनि बजेट थपेर व्यवस्थित गर्ने योजना पनि उनले सुनाए ।
क्रिकेट संघ पर्साका अध्यक्ष मनिष सिंहले नारायणी क्रिकेट मैदानको वर्तमान अवस्थाका बारेमा मुख्यमन्त्री सिंहलाई जानकारी गराएका थिए । भर्खरै क्रिकेट मैदानको पिच निर्माणको काम भएको बताउँदै अध्यक्ष मनिष सिंहले मुआब्जाको विषयलाई टुंगो लगाउनका लागि पहल गरिदिन अनुरोध गरे । साथै उनले क्रिकेट मैदानको डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) पनि तयार भएको बताउँदै बजेटको व्यवस्थापन हुने बित्तिकै अन्य काम थालनी गर्ने बताए ।
त्यसअवसरमा नेशनल सेलेक्टर मुर्तुजा हवारी, क्रिकेट संघ पर्साका सचिव घनश्याम बाबु गुप्ता, क्यानका पूर्व केन्द्रिय सदस्य दाउद अन्सारी, प्रदेश सदस्य बाबुजान अन्सारी, पर्साका चिफ सेलेक्टर राजिव श्रेष्ठ, बिक्रम बस्नेत, रजत पाण्डे, सुबास यादव, फारुक आलम, नाजिर शेख लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads