search

वीरगंजका पुराना पत्रकार सरोजसिंह खडका रहेनन्

पढ्न छुटाउनुभयो ?

वीरगंज, १८ मंसिर । वीरगंजका वरिष्ठ पत्रकार सरोजसिंह खडकाको आज ६२ वर्षको उमेरमा निधन भएको छ । सोमवार राति उनको वीरगंज महानगरपालिका वडा नं. १३ मुर्लीको नयकाटोलास्थित घरमा निधन भएको हो ।
वीरगंजका विभिन्न पत्रिका, एफएम र टेलिभिजनमा निर्धक्क कलम चलाउँदै आउनुभएका उनको दुइवटा छोरा, दुईवटी छोरी र पत्नी छन् ।
अस्वस्थ भई नारायणी अस्पताल तथा काठमाडौंका अस्पतालमा उपचार गराई घरमै बसेर उपचार गराइरहनुभएका उनको निधन भएपछि पर्सेली सञ्चार जगतलाई ठूलो क्ष्Fति पुगेको छ ।
उनको आज बिहान वीरगंज अशोकवाटिकास्थित दाह संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads