search

spot_img
spot_img

नेपाल प्रहरीमा २० एसएसपी रिक्त पदका लागि दौडधूप शुरु

पढ्न छुटाउनुभयो ?

काठमाडौं, १८ मंसिर । नेपाल प्रहरीमा एसएसपी बढुवाका लागि दौडधूप भइरहेको छ । सम्भवत यहै हप्ता बढुवा हुने भएकाले एसपीहरू दौडधूपमा छन् । हालै एसएसपीबाट डिआइजीमा बढुवा सिफारिस भएपछि २० एसएसपीको दरबन्दी रिक्त छ । एसएसपीबाटै केहीको अवकाश भएपछि रिक्त पद संख्या २० पुगेको हो ।

२० पदका लागि २ ब्याचका एसपीहरू बढुवामा दौडधुपमा छन् । जसमा २०५६ र २०५८ मा इन्स्पेक्टरमा भर्ना भएकाहरू छन् ।

चार दर्जन दाबेदारमध्ये ३ दर्जन मुख्य दाबेदार छन् । एसएसपीको बढुवाका लागि विमल बस्नेत यपनि छन् । उनका ब्याची डिआइजी भइसके । २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा आएको टोलीका उनी मात्रै एसपीमा रोकिएका हुन् ।

२०५६ को टोलीका विनोद सिलवाल, गोविन्द अधिकारी र विमलराज कँडेल एसएसपीमा बढुवा हुने सूचीमा छन् । उनीहरूका ब्याची पनि एसएसपी भैसकेका छन् । २०५८ सालको टोलीका रमेश थापा पहिलो नम्बरमा एसपी भएका थिए । उनी पहिलो नम्बरमै बढुवाको सूचीमा छन् ।

जनार्दन जीसी, कृष्ण कोइराला सन्तोष खड्का, रन्जु सिग्देल, अनुपमशमशेर जबरा, श्यामकुमार महतो, कृष्णप्रसाद पंगेनी, अजय केसी, नवराज अधिकारी र वीरबहादुर बुढामगर पनि एसएसपीमा बढुवा हुन लागिरहेका छन् ।

काठमाडौं परिसरमा मुद्धा शाखा, अपराध महाशाखा र तराईका दुर्ई जिल्ला बसेर आएका पंज्ञेनीको कार्य क्षमता भन्दा पनि आर्थिक क्षमता बढी शक्तिशाली रहेको प्रहरीभित्र चर्चा चलेको छ ।

२०७७ वैशाखमा एकसाथ २४ डीएसपीलाई एसपीमा बढुवा गरिएको थियो । त्यतिबेला तुलबहादुर कार्की पहिलो नम्बरमा बढुवा भएका थिए ।उनीसहित होबिन्द्र बोगटी, वेद विष्ट, राकेश सिंह, राजीवबहादुर बस्नेत, सन्तोष सिंह राठौर, शिवकुमार श्रेष्ठ, शन्तिराज कोइराला, संजय सिंह थापा, महेन्द्र खड्का, दीपक पोखरेल,प्रभुप्रसाद ढकाल र सन्तोषकुमार भट्टराईमध्येबाट पनि केही एसएसपीमा बढुवा हुने बुझिएको छ ।

यही ब्याचका प्रकाश मल्ल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दीपेन्द्र शाही, रामप्रकाश शाह, प्रवीण धिताल, दयानिधि ज्ञवाली र राजेन्द्रप्रसाद धमला पनि एसएसपी बन्न दौडधूपमा छन् । उनीहरू सबै २०७७ मा एसपीमा बढुवा भएका हुन् । साभारः नेपाली पेन

Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads