search

spot_img
spot_img

भोजपुरी भाषा, साहित्यको उत्थान गर्न मेयर सिंहको जोड

पढ्न छुटाउनुभयो ?

वीरगंज, १९ मंसिर । नगरप्रमुख राजेशमान सिंहले भोजपुरी भाषा, संस्कृति र साहित्यको उत्थान गर्ने उद्देश्यले गठित भोजपुरी प्रतिष्ठानको ठूलो भूमिका हुने बताएका छन् । भोजपुरी प्रतिष्ठान वीरगंजको कार्यसमिति पुनर्गठन कार्यक्रममा बोल्दै उनले जनजनको मनमनमा भोजपुरी भाषाको विकास गर्नुपर्नेमा जोड दिए ।
मेयर सिंहले वीरगंजका विद्यालयहरूमा कम्तीमा हफ्तामा एक दिन भोजपुरी भाषा साहित्य, संस्कृतिबारेमा कक्षा संचालन गर्ने योजनामा रहेको बताए । साथै भोजपुरी, भाषा, संस्कृती झल्काउने संग्राहलय समेत स्थापना गर्ने योजना रहेको बताए । उनले भोजपुरी भाषा अन्य भाषा जस्तै सम्मानजनक तथा अन्तराष्ट्रिय स्तरमा समेत बोलिने भाषा रहेकोले यसको उत्थान तथा विकासका लागि युवाहरूको आकर्षण बढाउनुपर्ने आवश्यकता औल्याएका थिए ।
त्यस्तै कार्यक्रमका अध्यक्ष एवं वीरगंज महानगरपालकिाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले स्थानीय भाषाको विकासका लागि स्थानीयकै भुमीका महŒवपुर्ण रहेको बताए । उनले भोजपुरी भाषा, संस्कृती, साहित्य, रहनसहन, खानपान लगायतका विषयवस्तुमा आधारीत पुस्ताकलय, संग्राहलय,आर्ट ग्यालरी तथा पाठ्यक्रम तर्पm ध्यान दिनुपर्नेमा जोड दिए ।
अनिता साहको अध्यक्षतामा सात सदस्यीय समिति पुनगर्ठन भएको छ । समितिको सदस्यहरूमा आमोद प्रसाद गुप्ता, सलमा खातुन, सर्वजीत पासवान, अमित अग्रवाल, मुकेश महतो नुनीया र अजय चौरसिया रहेका छन् । सल्लाहकारहरूमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, भाषा आयोगका सदस्य गोपाल अश्क, वरीष्ठ पत्रकार चन्द्रकिशोर,भोजपुरी प्रज्ञा प्रतिष्ठानके प्राज्ञ सदस्य एवं वरीष्ठ साहित्यकार दिनेश गुप्ता, वरीष्ठ साहित्यकार प्रमोद पाण्डे रहेका छन् ।भोजपुरी प्रतिष्ठान वीरगंजका संस्थापक अध्यक्ष एवं साहित्यकार उमाशंकर द्विवेदीको गत २०७९ चैत १७ गते निधन भएपछि प्रतिष्ठानको गतिविधि निष्क्रिय भएको थियो । महानगर प्रमुख राजेशमान सिँहको प्रयासमा प्रतिष्ठानलाई पुन सक्रिय बनाउन नयाँ कार्य समिति पुनर्गठन गरीएको हो । वीरगंज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णको अध्यक्षता तथा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिँहको प्रमुख आथित्यतामा भएको आजको कार्यक्रममा पुनर्गठित समितिका अध्यक्ष र सदस्यहरूलाई मनोनयन पत्र वितरण गरीएको हो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

जलविद्युत उत्पादनको लगानीमा तीव्रता: एचआईडीसीएल र ऊर्जा मन्त्रालयबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर

काठमाडौँ, १५ असार/ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य र हाइड्रोइलेक्ट्रिसिटी इनभेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)...

सम्बन्धित खबर

- Advertisement -neelambads