search

लागूऔषध दुव्र्यसनबारे विद्यार्थीलाई सचेतना

पढ्न छुटाउनुभयो ?

वीरगंज, २० मंसिर । सामुदायिक प्रहरी कुम्हालटोलले वीरगंज–५ मा स्थित मुनलाइट स्कुलमा लागुऔषध दुवर््यसन तथा ओसारपसार विरूद्ध सचेतनामूलक कार्यक्रमको गरेको छ ।
सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ सदस्य सावित्री भुमिहारको अध्यक्षता एवं वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईंको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा कक्षा ६ र ७ का ९० जना विद्यार्थीहरूलाई लागुऔषध के हो बताउदै यसको सेवनले ब्यक्तिलाइ भ्रम एवं नशाको चपेटामा पारेर शारीरिक एवं मानसिक को साथै पारिवारिक, सामाजिक, आर्थिक रूपले मानिसहरू क्रमिक रूपले निकै कमजोर र बहिष्कृत भयेर अल्पकाल मै अत्यन्तै दुख्द मृत्यु अँगाल्न पुग्ने भएकोले समयमै यसबाट सचेत रहन आग्रह गरेका थिए ।
मुनलाइट स्कुलका निर्देशक श्याम केसी, कंचनजंघा स्कुलका निर्देशक मार्टिन मोक्तान, सञ्चारकर्मी अभिलाष गुप्ता, सदस्यहरू ज्ञानमाया रायमाझी, तारा बिष्ट,सामुदायिक प्रहरीका प्रहरी सहायक हवल्दार कुमार विक, प्रसह अमित कुमार यादव,प्रज दिलिप कोइरी लगायत स्कुलका शिक्षकहरू सहभागी थिए । कार्यक्रमको सहजीकरण सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवण बहादुर रायमाझीले गरेका थिए ।
Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads