search

खुल्ला रूपमा माछा मासु बिक्री गर्नेलाई कारबाई गर्ने रौतहट प्रशासनको चेतावनी

पढ्न छुटाउनुभयो ?

रौतहट, २९ चैत । रौतहटको सम्पूर्ण बजार, चोक तथा पसलहरूमा माछा, मासु व्यवस्थित रूपमा बिक्री वितरण गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय रौतहटले मंगलवार एक सूचना जारी गर्दै जिल्लाको बजारहरूमा माछा, मासु खुल्ला तथा अव्यवस्थित रूपमा बिक्री वितरण गरेको पाइएकाले व्यवस्थित गर्न आग्रह गरिएको हो।
माछा, मासु विक्री वितरण गर्दा झिँगा नलाग्ने स्थानमा व्यवस्थित रूपमा बिक्री वितरण गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको छ। स्थानीय प्रशासनद्वारा हुने अनुगमनको क्रममा माछा, मासु खुला तथा अव्यवस्थित रूपमा बिक्री वितरण गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाई हुने सूचनामा उल्लेख छ।

 

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads