वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुखद्वारा राजीनामा

३ वैशाख, वीरगञ्ज  । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. उमेश चौरसियाले राजीनामा दिएका छन् ।

स्वास्थ्य अवस्थाले साथ नदिएकोले राजीनामा दिएको उनले बताएका छन् ।  डा.चौरसिया ०७७ चैत ४ गते ठाकुररामको क्याम्पस प्रमुखमा नियुक्त भएका थिए ।

उपकुलपति तथा त्रिभुवन विश्व विद्यालय कार्यकारी परिषद अध्यक्षलाई इमेलमार्फत राजीनामा पत्र बुझाएको उनले जानकारी दिए ।

राजीनामा पत्रमा स्वास्थ्य अवस्थाले साथ नदिएको भने पनि उनले राजीनामा गर्नुको कारण भने अर्कै छ । ‘ क्याम्पस राम्रो बनाउन गएको थिएँ, जति सकियो, त्यति गरियो, तलतिर पनि अप्ठेरो, माथिबाट पनि अप्ठेरोमा पारे,’ उनले भने ‘काम नै गर्न नसक्ने अवस्था भएपछि राजीनामा दिएको हुँ ।’

सम्बन्धित पोस्टहरुः