search

spot_img
spot_img

पकहामैनपुरमा सशस्त्रको निशुल्क स्वास्थ्य शिविर,सयौं विरामी लाभान्वित

पढ्न छुटाउनुभयो ?

वीरगंज२० पुस
सशस्त्र प्रहरी बल नेपाल १३ नं गण पर्साले पकहामैनपुर माविमा आयोजना गरेको निश्शुल्क स्वास्थय शिविरमा सयौं जना लाभन्वित भएका छन् । स्वास्थ्य शिविरबाट भारतीय सीमावर्ती बजार भेलाहीसँगै जोडिएको पकहाँमैनपुर र धोरेका करिब पाँच सयभन्दा धेरैले स्वास्थ्य लाभ लिएका छन् ।
सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले आयोजित शिविरमा ज्येष्ठ नागरिक,महिला,पुरुष तथा बालबालिकाको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो । सशस्त्र प्रहरी बलले प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, स्वास्थ्य शिविर पकहाँ मैनपुर गाउँपालिका, वीरगंज सामुदायिक आँखा केन्द्र, रोहित फाउण्डेसन÷क्वेष्ट फर्मासिक्टिकलको सहयोगमा सञ्चालन गरेको शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा,हाडजोर्नी सेवा, जनरल फिजिसियन र आँखा सम्बन्धि स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका गणपति राधेश्याम धिमालले सीमा क्षेत्रमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध विस्तार गर्नका लागि स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिए । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका जनताको स्वास्थ्य सुधार्नको लागि शिविर आयोजना गरेर सह्रायिन काम गरेको बताए । ‘यस्ता शिविर आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ,’ उनले भने, ‘यसले सशस्त्र प्रहरी र जनताबीच सम्बन्ध सुधार्न मद्दत पु¥याउनेछ ।’
स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुतिरोग, हाडजोर्नी,जनरल फिजिसियन तथा आँखाको जाँच सेवा प्रदान गरिएको थियो । फिजिसियन डा.रविशंकर साह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.लक्ष्मी थापा, हाडहोर्नी विशेषज्ञ डा. अरविन्द साह, ,नेत्र अधिकृत महेशसिंह धामीसहितका सशस्त्र प्रहरीका स्वास्थ्यकर्मी विभिन्न खालको स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।
स्वास्थ्य शिविर कार्यक्रमका संयोजक दिलिपराज कार्कीले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गर्ने मात्रै नभएर जनतालाई स्वास्थ्य शिविर गरेर उदाहरणीय कार्य गरेको बताए । ‘सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई मात्रै गर्दैन । जनताको स्वास्थ्यप्रति पति सचेत रहेको देखाएको छ,’ उनले भने ‘यस्ता खालका स्वास्थ्य शिविर निरन्तर रुपमा गर्न जरुरी हुन्छ ।’
पकहामैनपुर गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहताले स्वास्थ्य शिविरबाट यहाँका जनताले घरदैलोमा स्वास्थ्य सेवा पाएको बताए । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल,पकहामैनपुर गाउँपालिकाका उपाध्यक्ष सरफुन नेशा लगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img

ताजा खबर

दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । ...

सम्बन्धित खबर

- Advertisement -neelambads