शिवशक्ति कोटी होम महायज्ञको बृहत शोभा यात्रा

1200x150_1200x150-01.jpg (1)
वीरगंज, १९ माघ विश्रामपुर गाउँपालिका–५ इटियाहीमा माघ २३ गतेदेखि हुने श्री शिवशक्ति कोटी होम महायज्ञको प्रचारप्रसारका लागि शनिवार बृहत शोभा यात्रा निकालिएको छ ।
शोभा यात्रा महायज्ञ स्थलबाट शुरू भई वीरगंज मुख्य बजारसम्म पुगेर पुनः महायज्ञ स्थलमा फर्किएको थियो।
हजारौं श्रद्धालु भक्तजनहरूको सहभागीतामा सम्पन्न यो शोभा यात्राले धार्मिक माहोललाई थप उत्साहपूर्ण बनाएको थियो।
शोभा यात्रामा सांस्कृतिक झाँकीहरू, भजन–कीर्तन, र धार्मिक समूहहरूको विशेष सहभागीता रहेको थियो।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी महायज्ञ मुल समितिका अध्यक्ष शिवशङ्करप्रसाद यादवले महायज्ञ एक महीनासम्म आयोजना हुने बताए । उनले महायज्ञमा सुरक्षालाई मध्यनजर गर्दै नौंवटा सिसि टिभी र दुई सयभन्दा बढी स्वयंसेवकहरू परिचालन गरिने बताए ।
सहसचिव दीपेन्द्र प्रसादले मधेस प्रदेशमै ठूलो महायज्ञ हुने भएकोले यस्को अनुमानित लागत एक करोड ३० लाख रहेको बताए ।
मेला मनोरञ्जन समितिका अध्यक्ष सुमित यादवले मेलामा विभिन्न किसिमको मनोरञ्जनको साधन तथा सानाठूला गरी १०११ वटा मूर्ति बनाइएको बताए । उनले मेलामा वृन्दावनबाट रामलीला, राशलीला आदि कार्यक्रमको आयोजना गरिएको बताए । गापा अध्यक्ष जुल्फकार अलि भुट्टोको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा उपाध्यक्ष डोमाई साह र राजा बाबू गुप्ता सोनार, कपिल देव साह सोनार, कोषाध्यक्ष भोला साह सोनार एवं प्रचार प्रसार समितिका संयोजक राज सर्राफ लगायतको उपस्थिति थियो ।
सम्बन्धित पोस्टहरुः