search

महानगरका दुईवटा वडा अझै डुबानमा

पढ्न छुटाउनुभयो ?

प्रस, परवानीपुर, २८ माघ/

वीरगंज महानगर–२४ र २६ का जनप्रतिनिधि, किसानहरूले सोमवार पत्रकार सम्मेलन गरी अहिलेसम्म सो वडाको पानीको निकास नहुँदा बालीहरू प्रभावित भएको जानकारी गराएका छन्। 

आज पत्रकार सम्मेलन गरी वडा नं २६ का कावा अध्यक्ष प्रदीप पटेल, वडा नं २४ का किसान रमाशङ्कर दुबेले दुवै वडाको सयौं बिघा जग्गा अहिले पनि पानीको निकास नहुँदा डुबानमा रहेको बताए। उनीहरूले गत असोज ११ र १२ गते परेको अविरल वर्षापछि डुबानमा परेको दुइटै वडाको पानीको निकास अहिलेसम्म नहुँदा सयौं बिघा बाली डुबानमैं रहेको बताए। 

सुक्खा बन्दरगाह आइसिपी निर्माणका साथै हुलाकी राजमार्ग, छ लेन सडक र अलौं–अठराहा कालोपत्र सडक निर्माणपछि दुईवटा वडाको प्राकृतिक पानीको बहाव रोकिएको र सोही कारण दुइटै वडाका सयौं बिघा जग्गा डुबानमा परेको बताए। सम्बन्धित निकायले डुबानमुक्त गर्न नसकेको कारण अहिलेसम्म वडामा पानी यथावत् रहेको बताए। उनीहरूले कृषिकर्म र घर व्यवहारको लागि सम्बन्धित निकायले यसबारे चासो देखाई समस्याको समाधान गर्न आग्रह गरे।

Facebook Comments Box

ताजा खबर

२१३ किलो गाँजा परालभित्र लुकाएको अवस्थामा बरामद

वीरगंज, ९ मंसिर ।  सशस्त्र प्रहरी बल, नेपाल पर्साले २१३ किलो गाँजा बरामद गरेको छ । मंगलवार जिल्ला पर्सा विन्दवासिनी गा.पा....

सम्बन्धित खबर

- Advertisement -neelambads