प्रहरीद्वारा गोली प्रहार गरी फरार अभियुक्त गुड्डु पटेल पक्राउ

1200x150_1200x150-01.jpg (1)
लाल मोहम्मदलाई गोली हानेर हत्या गर्ने सुटर गुड्डु पटेललाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा टोखा क्षेत्रमा खोजी अभियान सञ्चालन गरी पटेललाई पक्राउ गरेको हो। उपत्यका अपराध अनुसन्धानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश बस्नेतका अनुसार, प्रहरीले पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि गोली चलाउनु परेको थियो। घाइते भएका पटेललाई उपचारका लागि अस्पताल पठाइएको छ। २०७९ असोज ३ गते काठमाडौंको गोठाटारमा गार्मेन्ट सञ्चालक सर्लाहीका लाल मोहम्मदको गोली हानी हत्या गरिएको थियो।उनलाई गार्मेन्ट अगाडि लखेटी लखेटी गोली प्रहार गरिएको थियो। लाल मोहम्मदमाथि जाली भारतीय नोटको कारोबारमा संलग्न रहेको आरोप लागेको थियो। उनी नेपाल हुँदै भारत जाली भारतीय नोट पठाउने गिरोहमा सक्रिय रहेको बताइन्छ। गोली प्रहार हुनुअघि २०७९ भदौ २४ गते पनि उनीमाथि आक्रमण भएको थियो।
सम्बन्धित पोस्टहरुः