search

spot_img
spot_img

सरकार र उद्योगीबीच ग्याँसको मूल्य रू १२ बढाउने सहमति

spot_img
spot_img

पढ्न छुटाउनुभयो ?

काठमाडौं, २० फागुन/ सरकार र नेपाल एलपी ग्याँस उद्योग संघबीच पाँच बुँदे सहमति भएको छ । आज सिंहदरवारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि ग्याँसको भाउ १२ रुपियाँँ ७५ पैसा बढाउने सहमति भएपछि एलपी ग्याँस उद्योगीले आन्दोलन फिर्ता लिएका छन् ।
सहमतिको १ नम्बर बुँदामा भनिएको छ, “मिति २०८१ फागुन १८ गते बसेको नेपाल आयल निगम सञ्चालक समिति बैठकले ग्याँस उद्योगको बाह्य ढुवानी भाडा, आन्तरिक ढुवानी भाडा, सञ्चालन तथा प्रशासनिक खर्च रकममा समायोजन गरी साविकको खर्चमा प्रतिसिलिन्डर १२ रुपियाँँ ७५ पैसाले वृद्धि गरेको विषयमा नेपाल एलपी ग्याँस उद्योग संघका पदाधिकारीलाई जानकारी गराइयो ।”
सहमतिसँगै अब ग्याँसको भाउ प्रतिसिलिन्डर रू एक हजार नौ सय १० बाट बढेर एक हजार नौ सय २२ रुपियाँँ ७५ पैसा पुगेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र उद्योगीबीच वार्ता भएको थियो ।
Facebook Comments Box
spot_img
spot_img
spot_img
spot_img
spot_img
- Advertisement -spot_img
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
ads
spot_img
spot_img

ताजा खबर

गोली प्रहारबाट एक जनाको मृत्यु

सर्लाही, ३१ साउन : सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५...

सम्बन्धित खबर

- Advertisement -neelambads